
काठमाडौं, फागुन २६-
नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार विहिवार कतारी रियालको खरिदर २९ रुपैंयाँ २३ पैसा र विक्रि दर २९ रुपैंयाँ ४० पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २८ रुपैंयाँ ९८ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ १४ पैसा छ । साउदी रियालको खरिददर २८ रुपैंया ३८ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ५४ पैसा रहेको छ ।
यसैगरी कुवेती दिनारको खरिददर ३४८ रुपैंया १३ पैसा छ भनें विक्रि दर ३५० रुपैंयाँ ९ पैसा छ । बहराइन दिनारको खरिददर २८२ रुपैंयाँ ३३ पैसा छ भनें विक्रि दर २८३ रुपैंयाँ ९३ पैसा छ ।
मलेसियन रिंगिटको खरिद दर २३ रुपैंयाँ ८९ पैसा छ भनें विक्रि दर २४ रुपैंयाँ ३ पैसा छ । कामदारको माग समेत न्यून रहेको मलेसियाको मुद्राको सटही दर कमजोर हुँदा ठूलो संख्यामा कार्यरत नेपालीलाई लामो समययता घाटा भइरहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।
फरक प्रसँगको भिडियो हेर्नुहोस्
{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/7M95Yy0W3sw?ecver=1″ frameborder=”0″ allowfullscreen></iframe>{/source}