परदेशमा जागिरसँगै समाजसेवामा समर्पित नेपाली नारी

 

मेघराज सापकोटा, युएई, फागुन २५- 

१०७ औं अन्तराष्ट्रिय नारी दिवस विभिन्न देशमा विविध कार्यक्रम आयोजना गर्दै विशेष रुपमा मनाईंदैछ । नेपालको महत्वपूर्ण राजनीतिक परिवर्तन देखि सामाजिक परिवर्तनमा महिलाको भूमिका समान रहेको छ । त्यसैले विशेष गरी नेपाली समाजमा महिलाको समान सहभागिताको मुद्धा स्थापित हुँदै गएको पनि छ । महत्वपूर्ण पदहरुमा महिलाको उपस्थीति, निश्चित प्रतिशत सहभागिताको ग्यारेण्टी त्यसका उदाहरण हुन् । राज्यका निर्वाचित पदहरुमा महिलाको ग्यारेण्टीपूर्ण सहभागिताको व्यवस्थाले यसलाई बढाउँदै लैजानेछ । 

तर नेपाली नारीको देखिनेगरी उपस्थीति नेपालभित्र मात्र सिमित छैन । रोजगारीका कारण नेपाली महिला जहाँ जहाँ पुग्दैछन्, त्यहाँ पनि उनीहरुको उपस्थीति अर्थपूर्ण रुपमा स्थापित हुँदैछ । युएईमा आफ्नो पहिचान स्थापित गर्न सफल केहि महिलाः    

हीरा यादवः

तपाईंलाई युएईमा केही समस्या पर्‍यो ? बिचल्ली पर्नु भएको छ ? सहयोगको याचना गर्नु भएको छ ? सम्झनुस् एउटा नाम नेपाली दुतावासकी श्रम सहचारी हीरा यादव । बिगत २ बर्ष देखी युएईको नेपाली दुतावासमा नेपाली श्रमिकहरुको उद्दारमा निरन्तर लागिपरेकी यादव बिगत ६ बर्ष देखी निजामती सेवामा छन् । झापा चन्द्रगढी घर भएकी यादव युएईको नेपाली समुदायमा चिरपरिचित नाम हो । 

नेपाली महिला मात्र नभएर पुरुषहरुको पनि दुःखको ब्यथा सुनिदिने महिला हुन हीरा यादव । समस्याको गहिराइसम्म पुगेर समाधान खोज्ने उनको बानी छ । के शुक्रबार के शनिबार, के छुट्टी के अफिस कोही नेपालीलाई केही सहयोग गर्नु परे तुरुन्त हाजिर हुन्छिन । बिभिन्न कारणले आपतमा परेका नेपालीको उद्दारमा उनले खेलेको भूमिकालाई धेरैले प्रशंसा गर्दछन् । 

यादव दुताबासले सकेको सहयोग गरिरहेको बताउँछिन । हामी हाम्रो श्रोत र साधनले भ्याएसम्म आफ्नो समय खर्चेर पनि सहयोग गर्ने नै छौ उनले भनिन् नेपाली महिला पुरुष कसैले पनि परदेशमा दुःख भोग्नु नपरोस भन्ने लाग्छ ।

युएईमा रहेका महिलाले बिभिन्न खालका समस्याहरु भोगिरहेको भन्दै त्यसको समाधानका लागि आफूहरुले सहयोगी भूमिका खेलिरहेको यादव बताउँछिन् । 

=========================================================================== 

कल्पना राई: 

बैदेशिक रोजगारको शिलशिलामा युएईमा रहेर पनि आफुलाई समाजसेवामा समर्पित गरेकी नेपाली चेली हुन कल्पना राई । पुर्ख्यौली घर खोटाङ भएकी राई काठमाडौ अत्तरखेलमा जन्मिन, हुर्किईन र काठमाडौमा नै अध्ययन गरिन । बिगत १० बर्ष देखि उनी युएईको एक एयरलाइन्स कम्पनीमा कार्यरत रहेर पनि समाजसेवामा आफुलाई तल्लिन राखेकी छिन । इन्टेर्नेसनल डिजास्टर भोलिन्टिअर ग्रुप लगायत उनी थुप्रै भोलिटियर ग्रुपमा संलग्न रहेर बिदेशमा रहेका नेपाली महिलाको सहयोगमा जुटेकी छिन ।

जागिर र घरायसी काममा मात्र मात्रै सिमित नराखेर देश बिदेशमा आपत बिपतमा परेका नेपाली चेलीहरुको उद्दारमा अहोरात्र खटिने राई गैर आबासिय नेपाली संघ, युएईकी महिला संयोजक् हुन । हाल उनी एनआरएनएको बैदेशिक रोजगार बिभाग र ओपन युनिभर्सिटी समितिको अन्तरराष्ट्रिय समितिमा पनि आवद्द छिन ।

एनआरएनए युएईको २०१५-२०१७ कार्यकालको महिला संयोजक चुनिए पश्चात उनले ८ अक्टोबर, २०१५ का दिन दुबईको जेल भ्रमण गरिन् । जेलमा उनले ३ जना नेपाली महिलालाई भेटिन जसमध्ये १ हत्या अभियोगमा र अन्य २ गैर कानुनी रुपमा काम गरेको अभियोगमा जेल परेका थिए । उनी अल ऐनको जेल भ्रमणको लागि गईन तर सुरक्षाको कारणले सम्भव भएन । अल ऐनमा झन्डै ५ देखी ८ जनासम्म नेपाली महिला जेलमा रहेको उनको अनुमान छ । त्यसैगरी राईले १० फेब्रुवरी, २०१६ मा शारजाहमा रहेको जेलको भ्रमण गरिन । शारजाह जेलमा ४ जना नेपाली महिलालाई भेटिन जसमध्ये १ जना हत्या अभियोग र ३ जना गैर कानुनी काम गरेको अभियोगमा जेल परेका थिए । यी सबै महिलाहरुलाई नेपाली दुताबासको सहयोगमा उद्दार गर्ने राईको प्रयास हालसम्म पनि निरन्तर जारी छ ।  

राईले ९ जनवरी, २०१६ मा दुबईमा महिला सम्बन्धी एक अन्तर्कृया कार्यक्रम आयोजना गरी नेपाली समुदाय र द्धन्दका बारेमा छलफल गरिन् । बिभिन्न समयमा नेपाली दुतावासको सेल्टरमा रहेका नेपाली चेलीहरुलाई भेटेर उनीहरुको घाऊमा मल्हम लगाउने प्रयत्न निरन्तर गरिरहेकी छिन । राईले बिभिन्न समयमा युएईका बिभिन्न राज्यहरुमा गएर सचेतनामुलक कार्यक्रमहरु निरन्तर सञ्चालन गरिरहेकी छिन ।

एनआरएनएको जिम्मेवारी बहन गरेदेखि उनीसँग युएईमा मात्रै झन्डै ६० वटा केशहरुको फेहरिस्त छ जहाँ नेपाली महिलाहरु बिभिन्न कारणले समस्यामा परेका छन । अबैध रुपमा यौनजन्य कार्य होस् या अबैध रुपमा गर्भ बोकेर जेल परेकाहरुको उद्दार गर्न, सल्लाह सुझाव दिनु उनको दैनिकी जस्तै बनेको छ । युएई जत्तिको सुरक्षित देशमा पनि होसियारी र चेतनाको कमीले नेपाली महिलाहरु समस्यामा पर्ने गरेको उनको बुझाई छ । कतिपय नेपाली पुरुषहरुबाट पनि यौन शोषणमा परेका छन भने कतिपय आफ्नै कारणले समस्यामा पर्ने गरेको अनुभव राईको छ ।

नारी आमा हुन, धर्ती हुन, नारी सृष्टि हुन । नारीको सम्मान तपाईं हाम्रै घरको सम्मान हो, तपाईंको सम्मान हो, राईले थपिन् आफु सुरक्षित रहनुस् र अरुलाई पनि सुरक्षित रहन सहयोग सुझाव दिनुहोस् ।

=====================================================================

अमृता सिग्देल अधिकारीः  

युएईको अबुधाबीमा रहेकी अमृता सिग्देल अधिकारी युएईको एक औषधी कम्पनीमा मार्केटिङ गर्छिन । अफिसबाट बचेको समय उनी नेपाली महिलाहरु बिचमा पुग्छिन । महिलाहरुका समस्या सुन्छिन र समाधानको लागि सदैव तत्पर हुन्छिन ।  

२०१३-२०१५ कार्यकालमा एनआरएनए, युएईको महिला संयोजक समेत भएकी सिग्देल अबुधाबी क्षेत्रमा नेपाली महिलाहरुको उद्दारमा चिरपरिचित नाम हो । सिग्देल आफु दिनभर अफिसमा बस्नु पर्दैन, मार्केटिङ काम गर्दा गर्दै आपतमा परेका कयौ चेलीहरुसँग भेट हुन्छ । आपत बिपतमा परेकाहरुलाई दुताबास लगेर समस्या समाधान गर्न लागि पर्छिन उनी । सिग्देलसँग कयौ केशहरु छन जसलाई उनी आफैंले प्रहरी प्रशासन समक्ष पुर्याएर न्याय दिलाएकी छिन । अस्पतालमा बिरामी परेका धेरै नेपाली चेलीहरुलाई दैनिक जस्तै गएर सहयोग गर्छिन । केही नेपाली चेलीहरुलाई त उनले आफ्नै कोठामा लगेर कयौ दिनसम्म राख्ने गरेकी छिन । 

दुतावासमा उनी समस्या लिइर मात्रै पुग्दिनन् समस्या समाधानको उपाय लिएर हाजिर हुन्थिन । घरजानको लागि सेल्टरमा बसेका धेरैलाई उनले सहयोग गरेकी छिन । चन्दा सहयोगको लागि कसैले आव्हान गरे उनी कहिल्यै पनि आफ्नो नाम छुटाउदिनन । गच्छे अनुसारको सहयोग रकम गरेकै हुन्छिन । 

“समाजसेवा नामको लागि गर्दिन, आत्मसन्तुष्टिको लागि गर्छु, सिग्देलले भनिन, आपतमा परेका नेपाली चेलीहरुलाई सहयोग गर्न पाउँदा मन खुशी हुन्छ ।”

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/n2_vN77ixAc” frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: