साउदीबाट यी महिलाको भयो उद्धार 

काठमाडौं, फागुन २४- 

बैदेशिक रोजगारीका क्रममा तीनवर्ष अघि कुवेत पुगेकी बाँकेकी रेखा वलिको साउदी अरवबाट उद्धार गरिएको छ । उनलाई जिफन्ट सहयोग समूह साउदी अरबले गत मार्च २ मा साउदी अरबको कुवेत बोर्डरबाट उद्धार गरिएको हो । उद्धारका लागि वलीको निवेदन परेको र निवेदन परेको ७ दिनभित्रमा उनको सकुशल उद्धार गर्न सफल भएको साउदीबाट जिफन्ट सपोर्ट ग्रुप, साउदीका अध्यक्ष शम्शेर तामाङले बताएका छन् ।  

आफूलाई स्वदेश फर्काउन पटक–पटक आग्रह गर्दा समेत घर मालिकले बेवास्ता गर्ने र मानशीक यातना दिने गरेको तथा आफूले ८ महिनाको तलब समेत नपाएको वलीले बताएकी छिन् । वलीको निवेदन पश्चात रियादस्थीत नेपाली राजदूतावासको सहयोगमा उनको उद्धार सम्भव भएको तामाङले बताए । 

कुवेतको अदनान मेटिव अलदफरी कम्पनीको रोजगारीमा भन्दै त्रिभुवन विमानस्थल भएर नै कुवेत उत्रिएकी वलीलाई १५ दिन पश्चात साउदी अरबको कुवेत बोर्डर अल हाफर बातेन भन्ने ठाउँमा दोस्रो साहूलाई बेचिएको थियो । 

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/xecur409IGw” frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: