दूतावासलले जनचेतनामूलक कार्यक्रम गर्ने

युएई– नेपाली राजदूतावास अबुधाबीले दुबईले आगामी शुक्रबार अर्थात मार्च १० तारिखका दिन चनचेतनामुलक कार्यक्रम गर्ने भएको छ । दूतावासका कार्यबाहक राजदुत नेत्र टन्डन र श्रम काउन्सिलर भेषबहादुर कार्कीले दिने प्रशिक्षणमा युएईको कानुन पालना नगर्दा आउने समस्यसँगै सावधानी उपायमा केन्द्रित रहने दूतावासका द्धितीय सचिव कृष्ण अर्यालले जानकारी दिए ।

पहिलो चरणमा प्रस्तुति र दोस्रो चरणमा अन्तरक्रिया कार्यक्रम बिहान ११ बजेदेखि ५ बजेसम्म राखिएको अर्यालले जानकारी दिए । दूतावासमा दर्ता करिब ५० वटा संस्थाबाट प्रति संस्था दुईजानको प्रतिनिधित्वसँगै पत्रकार महासंघ, बिजनेस काउन्सिल, एनआरएन, नेपाली समाज र राजनीतिक दलका भातृ संगठन कार्यक्रममा सहभागी हुनेछन् ।

यो कार्यक्रममा  करिब ३ सय जनाको सहभागिता रहने अर्यालले जानकारी गराए । पछिल्लो समयमा युएईका समस्यामा केन्द्रित भएर कार्यक्रम गर्दै आएको छ । दूतावासले यस अघि पनि युएईमा विभिन्न किसिमका कार्यक्रम गरिसकेको छ ।
कारोवारबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: