फेरी खुल्यो ईजरायल, दोश्रो समुहका लागि आवेदन खुल्ला

काठमाडौं, फागुन २३– इजरायलमा ६० नेपाली केअरगिभर लान प्रक्रिया अघि बढेको छ । करिब ९ वर्ष रोकिएर केहीअघि मात्र ‘केअरगिभर’ लान थालिएको इजरायलमा दोस्रो समूह लान आवेदन खुला गरिएको छ । यसअघि असोजमा ६० नेपाली केअरगिभर इजरायल गएका थिए । वार्षिक १ हजारभन्दा बढी नेपालीलाई केअरगिभरका रूपमा रोजगारी दिने इजरायलले बताउँदै आएको छ । हाल त्यहाँ ६ हजार नेपाली केअरगिभरका रूपमा कार्यरत छन् । यीमध्ये ८० प्रतिशत महिला छन् ।

म्यानपावर कम्पनीहरूले निकै बढी शुल्क लिएको भन्दै इजरायल सरकारले सरकारीस्तरबाटै कामदार लैजाने बताउँदै आएको थियो । म्यानपावर कम्पनीले यसलाई रोक्न राजनीतिक नेतृत्वलाई दबाब दिएका कारण यो रोकिएको थियो ।

गत वर्ष कोरिया झैं इजरायलमा पनि परीक्षणका लागि भन्दै सरकारीस्तरमै कामदार लैजाने सहमति भएपछि पहिलो समूह गएको थियो । नौ वर्षबीचमा जम्मा डेढ सय नेपाली मात्र केयरगिभरका रूपमा इजरायल गएका छन् । कैयौं नेपाली भारतीय बनेरसमेत पुगेका थिए ।

गत वर्ष पाइलट प्रोजेक्टमा सहमति भएर दुई वर्षभित्र तीन सय नेपाली लैजाने सहमति भएको थियो । यो प्रोजेक्ट सफल भए यही मोडलबाट इजरायलमा नेपाली नियमित जान पाउने नेपालका लागि इजरायलका राजदूत यारोन मायरले बताएका छन् । उनले नेपालीहरू इजरायलीको रोजाइमा रहेको पनि बताउने गरेका छन् । इजरायलमा भारत, फिलिपिन्स, थाइल्यान्ड, पूर्वी युरोपका कामदारहरू छन् । नेपाली र फिलिपिनो इजरायलीको पहिलो रोजाइमा पर्दै आएका छन् ।

केयरगिभरका रूपमा जान आवश्यक न्यूनतम योग्यता पूरा भएकामध्येबाट छनोट हुनेहरूले भाषा परीक्षा पनि पास गर्नुपर्ने छ । केयरगिभरको अन्तिम छनोट वैदेशिक रोजगार विभाग र इजरायलस्थित पीआईबीए (जनसंख्या तथा अध्यागमन निकाय) ले गर्नेछन् । छनोट भएका आवेदकले इजरायलमा वृद्ध, अपांग तथा अशक्तको स्याहारसुसार गर्नुपर्छ । यस्तो काममा एक लाखदेखि दुई लाखसम्म पारिश्रमिक पाइने बताइन्छ ।
कान्तिपुरबाट

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/CUG3wYJyJig?ecver=1″ frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: