प्रस्तावित राजदूत विरुद्ध प्रमाण भए उजुरी हाल्न १० दिनको म्याद

काठमाडौं, फागुन २०- 

व्यवस्थापिका संसद अन्तर्गतको सार्वजनिक सुनुवाई विशेष समितिले सरकारद्धारा प्रस्तावित १२ राजदूतका बारेमा कुनै उजुरी भएमा दिन सुचना गरेको छ । यसअघि प्रस्ताव गरिएका १४ मध्ये दुईको नाम हटाउँदै सरकारले १२ जनाको नाम अनुमोदनका लागि पठाएको छ । समितिले १० दिनको समय दिएर कुनै उजुरी भएमा दिन आव्हान गरेको हो । 

समितिका सदस्य रविन्द्र अधिकारीले प्रस्तावित राजदूतहरुका बारेमा कुनै उजुरी भएमा प्रमाण सहित उजुरी दिन खुल्ला गरिएको जानकारी दिए । युएईका लागि राजदूतमा प्रस्तावित आशा लामाको नाम फिर्ता भएपनि ओमानका लागि प्रस्तावित राजदूत शर्मिला पराजुलीको नाम यथावत राख्दै सरकारले प्रकृया अगाडी बढाएको छ । पराजुली विवादित व्यक्ति भएको र सोही देशमा कामदार पठाउने कार्यमा संलग्न रहेको हुँदा यसलाई समितिले कसरी लिन्छ भन्ने प्रश्नमा साँसद अधिकारीले उनका बारेमा कुनै उजुरी परेमा त्यसलाई हेरेर मात्र केहि भन्न सकिने बताए । 

यसअघि केपी ओली नेतृत्वको सरकारले पनि फोरम लोकतान्त्रीकको सिफारिसमा परेकी पराजुलीलाई वर्तमान सरकारले पनि सिफारिस गरेको हो । सरकारमा नरहेको फोरम लोकतान्त्रीकको सिफारिसकी पराजुली पुनः सिफारिस हुनुले धेरैलाई आश्चर्य चकित तुल्याएको छ । 

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/n2_vN77ixAc?ecver=1″ frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: