म्यानपावर व्यवसायीको जलाएर हत्या 

 

काठमाडौं, फागुन १८- 

बैदेशिक रोजगार व्यवसायी प्रदीप राय कुर्मीको जलाएर हत्या भएको छ । काठमाडौंमा प्रतिज्ञा म्यानेजमेण्ट सर्भिस सञ्चालन गर्ने कुर्मीको मंगलवार मध्यरातमा सिरहास्थीत उनकै घरमा हत्या भएको हो । कुर्मी सिरहा फूलवारिया ६ का बासिन्दा हुन् ।  

कुर्मीका व्यवसायिक साझेदार विल्टु साहका अनुसार मध्यरातमा आएका केहि व्यक्तिले कुर्मीलाई घर बाहिर निकालेर शरिरमा पेट्रोल छर्केर आगो लगाएका थिए । कामको सिलसिलामा मंगलवार मात्र गृहजिल्ला पुगेका कुर्मीको राजनीतिक प्रतिशोधका कारण हत्या भएको भन्दै दोषिलाई अविलम्व पक्राउ गरी कडा कारवाही गर्न बैदेशिक रोजगार व्यवसायी संघले आग्रह गरेको छ । प्रेस वक्तव्य जारी गर्दै संघका महासचिव रोहण गुरुङले संघका सदस्य कुर्मीको हत्याप्रति संघले गम्भीर खेद प्रकट गरेको जनाएका छन् ।  उनले हत्यामा संलग्नलाई तत्काल पक्राउ गर्न तथा हदैसम्मको सजाय गर्न माग गरेका छन् । 

कुर्मीको शव पोष्टमार्टमका लागि हाल धरानस्थीत बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । कुर्मी खाडी मुलुकमा कामदार पठाउने व्यवसायमा संलग्न थिए । 

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/9X–CnN9Mhw?ecver=1″ frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: