विदेशमा हुनेहरु सधैं मेरो चासो र चिन्तामाः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, फागुन १७- 
प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डले बैदेशिक रोजगारमा गएका नेपाली सधै आफ्नो चासो र चिन्ताको प्राथमिकतामा भएको बताएका छन् । मंगलवार बेलुकी देशवासीका नाममा सम्वोधन गर्दै प्रधानमन्त्री प्रचण्डले राज्यले दिने सुविधामा त्यहि कारण बृद्धि गरिएको बताए । 

प्रधानमन्त्री प्रचण्डले सम्वोधनका क्रममा भनेः वैदेशिक रोजगारीमा गएका दाजुभाइ दिदीबहिनी सधैं मेरो चासो र चिन्ताको प्राथमिकतामा हुनुहुन्छ । वैदेशिक रोजगारमा जानेहरुका लागि राज्यबाट प्रदान गरिने सेवा सुविधा प्रभावकारी बनाउन अनलाइनबाट नै निवेदन दिन सकिने व्यवस्थाले श्रम स्वीकृतिका लागि घण्टौं र कतिपय अवस्थामा रातभर लाइन बस्नुपर्ने अवस्था अन्त्य भएको छ ।

उनले बैदेशिक रोजगारमा जानेहरुका लागि बीमाको व्यवस्थामा गरिएको परिवर्तन पनि स्मरण गरे । प्रधानमन्त्री प्रचण्डले भनेः वैदेशिक रोजगारमा गएका र जानेहरुको सुरक्षाका लागि सरकारले वैदेशिक रोजगार म्यादी जीवन वीमा विगतमा ७ लाख मात्र पाउने व्यवस्थामा २० लाखसम्म थप गरी २७ लाखसम्म पाउने व्यवस्था गरिएको छ । यसैगरी अनिवार्य रुपमा बीमा नवीकरण गर्ने व्यवस्था गरिएको छ । प्रधानमन्त्रीले पासपोर्टको शूल्क झन्डै आधा घटाउने लगायतका थुप्रै विषय कार्यान्वयन भएको भन्दै विदेशी भूमिमा अलपत्र परेका सयौं नेपालीको उद्धार गरिएको र यो क्रमले थप तीव्रताका साथ निरन्तरता पाउने विश्वास दिलाए ।

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/n2_vN77ixAc?ecver=1″ frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: