मेरो नाम राजदूतबाट फिर्ता लिन मिल्दैन: लामा

काठमाडौं, फागुन १६– युएईका लागि नेपाली राजदुतमा सिफारिश आशा लामाले सरकारले योग्य, अनुभवी, सक्षमता देखेर आफूलाई राजदुतमा सिफारिश गरेकोले उक्त निर्णयबाट सरकार पछि नहट्नेमा आफू विश्वस्त रहेको बताईन्।

सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उनले यस्तो बताएकी हुन्। उनले भनिन्,‘मैले देश र जनताको हित विपरित कुनैपनि त्यस्तो काम गरेको छैन, मैले आप्रावासी नेपाली महिलाहरुको हकहितको लागि काम गरेको छु, विगत ६ वर्षदेखि युएईमा काम गरिरहेको छु, त्यहाँका नेपालीहरुको पीडा मलाई जति कसैलाई पनि थाहा छैन्, उनीहरुको समस्या समाधान गर्नको लागि म जेलमा पुगेकी छ, हरेक ठाउँमा पुगेकी छु, हरेक नेपालीले काम गर्ने कम्पनीदेखि घरमा पुगेकी छ,।’

लामाले अघि भनिन्,‘अहिले मेरो नाम राजदुतमा सिफारिश भए लगत्तै मेरो बारेमा गलत तरिकाले समाचारहरु आए, यी सबै मेरो चरित्र हत्या गर्नेगरि आएका हुन्, ती असत्य र भ्रामक समाचारहरुको म खण्डन गर्न चाहन्छु, आजसम्म मैले कसैलाई बिगारेको छैन्।’ उनले यो देशको लागि केही गर्ने भनेर ठूलो सपना देखेको व्यक्ति भएको बताउँदै भनिन्,‘म अन्तिमसम्म पनि देश र जनताको लागि र विदेशमा रहेका नेपालीहरुको हकअधिकारको लागि लडिरहनेछु।’

उनले पछिल्लो समय आफूले महिला हिंसा विरुद्धको अभियानको नेतृत्व गरिरहेको बताउँदै भनिन्,‘नेपालमा मात्रै नभएर विदेशमा समेत मैले आवाज बुलन्द गरेको छु, नारीमाथि भएको अन्याय, अत्याचार र शोषणविरुद्ध आशा फाउण्डेशन नेपाल संस्थाबाट लडिरहेकी छु।’

उनले आफूले गरेको यस्तो राम्रो कामको बारेमा लेखिदिनुपर्ने बेलामा सञ्चारमाध्यमले गलत रुपमा समाचार सम्प्रेषण गरेको गुनासो पोख्दै थपिन्,‘मैले गरेका राम्रा कामहरुको बारेमा लेख्नुपर्ने बेलामा मिडियाले हचुवाको भरमा तथ्यहिन समाचाहरु मेरो बारेमा लेखेकोमा मलाई निकै दुःखित तुल्याएको छ, मलाई न्याय दिनुहोस्, मैले अन्याय गरेकै छैन्।’ उनले आफूले गलत काम गरेको प्रमाणि भए जस्तोसुकै कठघरामा उभिनपनि आफू तयार रहेको स्पष्ट पारिन्।

उनले हात जोडेर भनिन्,‘मलाई न्याय दिनुहोस्, गलत समाचार कहिल्यै पनि सम्प्रेषण नगर्नुहोस्।’ उनले दुवईमा बसेर नेपाललाई चिनाउने ग्लोवल भिलेजको आयोजक पनि रहेको दाबी गरिन्।

सरकारले मेरो योग्यता, क्षमता हेरेर मलाई जुन किसिमको जिम्मेवारी दिने निर्णय गरेको छ, यसले मलाई निकै खुशी तुल्याएको छ, यसको लागि पूर्ण रुपमा सक्षम, योग्य र छु।’ लामाले आफ्नो परिवारको रगत–रगतमा काँग्रेस रहेकोले जिकिर गर्दै भनिन्,‘मेरा पुर्खाहरु पनि काँग्रेस नै हुन्, हजुरबुवादेखि बुवासम्म सबै काँग्रेस हुन्, मलाई जनमोर्चा भनियो, तर त्यतिखेर मलाई उम्मेद्धवार मात्रै बनाईएको हो, मैले पाँच नम्बर क्षेत्रमा काँग्रेसका उम्मेद्धवार नरहरी आचार्यलाई भोट हालेकी हुँ, साध्यबहादुर भण्डारीले मलाई उम्मेद्धवार बन्नुहोस्, सहयोग गर्नुहोस्, हामी राष्ट्रवादी हौं भनेर भन्नुभयो, त्यसैले मैले उम्मेद्धवारी दिएकी हुँ, म त काँग्रेस नै हुँ।’ उनले पार्टीले आफूलाई अन्याय नगर्नेमा आफू विश्वस्त रहेको बताईन्।

लामाले आफू राजदूत बन्न पूर्ण रुपमा योग्य र सक्षम रहेको स्पष्ट पारिन्। उनले राजदुत नियुक्तिमा आफू जत्तिको सक्षम व्यक्ति नेपाली कांग्रेसभित्र नरहेको दाबी समेत गरेकी छन् ।
उनले सरकारले विभिन्न मुलुकमा राजदुत नियुक्ती गर्दैछ भनेर थाहा पाएपछि परराष्ट्रमन्त्रालयमा पुगेर आफ्नो व्यक्तिगत विवराण् बुझाएको स्पष्ट पारिन्। उनले भनिन्, ‘म नेपाली कांग्रेसको कार्यकर्ता हुँ, राजदूतका लागि म जत्तिको उपर्युक्त व्यक्ति कोही पनि छैन।’ उनले भनिन्,‘पत्रपत्रिकामा राजदूत नियुक्तिको समाचार पढेको थिएँ, त्यसपछि पराष्ट्रमन्त्रालयमा गएर राजदूत नियुक्तिका लागि निवेदन दिएँ । त्यसपछि मेरो योग्यता र सक्षमता देखेर सरकारले राजदूतमा सिफारिस गरेको हो ।’

राजदुत भएपछि आफूले वैदेशिक रोजगारीमा हाल रहेका समस्याहरुलाई समाधान गर्न समेत पहलकदमी लिने विश्वास दिलाईन्। उनले भनिन्,‘मैले फाउण्डेशनमार्फत विदेशमा अलपत्र परेका धेरै नेपालीहरुलाई उद्धार गरेकी छु, यो एकदमै चूनौतिपूर्ण काम थियो, यसको मुल्यांकन कसले गर्ने ? आज विदेशमा बस्ने नेपालीहरुलाई न्याय दिने मान्छे मै हुँ ।’
वैदेशिक रोजगार व्यवसायमा आफ्नो संलग्नता सन् २०१० सम्म मात्रै रहेको बताएकी लामाले भनिन्, ‘वैदेशिक रोजगारीमा म संलग्न छैन, तर व्यवसायमा मेरो लगानी छ । शेयर छ । भएको कम्पनीको शेयर पार्टनर ईण्डिया प्यारालाईसिस भएर ट्रान्सफर हुन पाएन ।’

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/n2_vN77ixAc?ecver=1″ frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: