देउवालाई काँग्रेसकै मन्त्रीको प्रश्नः राजदुत सिफारिसमा कति पैसा लिनुभयो ?

 

काठमाडौं, फागुन १५- 

आसन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि नेवि संघले माउ पार्टी काँग्रेससँग एक करोड रुपैंया मागेको छ । उम्मेदवारी मनोनयन खर्च भन्दै संघका अध्यक्षले एक करोड मागेपछि सभापति शेरबहादुर देउवाले पार्टीका मन्त्रीको बैठक बोलाएका थिए । 

बैठकको सुरुमै मन्त्रीहरुले राजदुत सिफारिस प्रति असन्तुष्टि जनाएका थिए । आशा लामालाई कसको दवावमा पार्टीले सिफारिस गरेको भन्ने प्रश्न मनत्रीहरुले राखेका थिए । वाणिज्यमन्त्री रोमी गौचन थकालीले राजदुत सिफारिस गर्दा लामाबाट कति पैसा लिएको भनेर सभापतिसँग प्रश्न गरेको श्रोतको भनाई छ । 

उपप्रधानमन्त्री विमलेन्द्र नीधिले पनि राजदुत नियुक्तिका विषयमा असन्तुष्टि जनाउँदै पार्टीको तर्फबाट सरकारको नेतृत्व आफूले गरेपनि त्यसबारे जानकारी नपाएको गुनासो गरे । निधिले पार्टीबाट सरकारमा सहभागि मन्त्रीबीच समन्वय अभाव रहेको बताएका थिए । 

नागरिकबाट 

 {source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/isO9adsRryc?ecver=1″ frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: