साउदीमा आर्थिक मन्दीका कारण लगानीकर्ता फर्किंदै, थप रोजगारी गुम्दै

रियाद– साउदी अरबमा आर्थिक वृद्धि सुस्ताउन थाल्दा विदेशी कामदार अफ्ठेरोमा पर्ने अवस्था आएको छ । आर्थिक वृद्धि सुस्ताएपछि साउदी सरकार आफ्ना धेरै भन्दा धेरै नागरिकलाई जागिरमा राख्ने कोशिशमा जुट्न थालेको छ।
यसका कारण वर्षौँदेखि त्यहाँ कार्यरत नेपाल र भारतसहितका विदेशी कामदारको जागिरमा खतरा उत्पन्न भएको छ । साउदी अरबले अहिले सुस्त आर्थिक वृद्धिका कारण अफ्ठेरो अवस्थाको सामना गरिरहेको छ।
बितेका १७ वर्षदेखि साउदीमा जर्मनीका डोमिनिक स्टेक आफ्नो परिवारसहित बस्दै आएका थिए । तर अब उनी आफ्ना पत्नी तथा बच्चासहित साउदी छोडेर जाँदैछन् । उनको परिवार साउदीमा यति गहिरो गरी बसेको थियो कि उनीहरुलाई जर्मनीबारेमा केही पनि थाहा थिएन । डोमिनिक भन्छन्, ‘हालका देशमा मूल्यमा भारी गिरावट आएको छ । मेरा कामदार अन्य देशतर्फ जान थालेका छन् । मलाई लाग्छ उनीहरु त्यहाँ गएर धेरै बचत गर्न सक्छन् ।’
साउदीका धेरै मानिसलाई नोकरीमा राखेका कारण त्यहाँको व्यापारमा असर पर्न थालेको हो । यसका कारण कच्चा तेलको कम मूल्यको मार अरब विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रमा परेको हो । साउदी अरब अन्य कुनै देशभन्दा धेरै तेल निर्यात गर्ने मुलुकमा पर्छ ।
अघिल्लो साल साउदीले आर्थिक वृद्धिमा तीब्रता ल्याउन र लगानी बढाउनका लागि भिजन २०३० जारी गरेको थियो । साथै धेरै साउदी नागरिकलाई निजी क्षेत्रमा जागिर दिने कुरा गरेको थियो । सन् २०१४ मा तेलको मूल्यमा गिरावट आएको थियो । त्यसपछि साउदीलाई ठूलो झट्का लागेको थियो । साथै निजी कम्पनी खासगरी निर्माण व्यावसायमा करोडौँ डलरको ऋण लागेको थियो ।
साउदी बिनलादीन ग्रुप एक्लैले त्यसयता करिब ७० हजार मानिसलाई जागिरबाट निकालिदिएको छ । एकातर्फ साउदी कम्पनी विदेशी कामदारलाई निकालिरहेका छन् भने अर्कातिर विदेशी नागरिक पनि साउदीको व्यापार छाडेर घर फर्किरहेका छन् ।
उपभोक्ता इलेक्ट्रनिक्स क्षेत्रमा कार्यरत एक विदेशी म्यानेजरको भनाई मान्ने हो भने उनको व्यापारमा अहिले १० प्रतिशत गिरावट आएको छ । ‘मानिसहरु साउदी छाडेर गइरहेका छन्, किनकि उनीहरुको सम्झौता नवीकरण भएको छैन । सबै दबाबमा छन् । यस्तो कुनै व्यापार छैन, जुन राम्रोसँग चलेको होस्’, उनले भने ।
‘मेरो कम्पनीले अहिलेसम्म ३ सय विदेशी कामदारलाई जागिरबाट निकालिसकेको छ।  यसमा धेरैजसो भारतीय, पाकिस्तानी र फिलीपिन्सका नागरिक रहेका छन्’, उनले अगाडि भने, ‘जो कामदार महिनाको १० हजार रियाल भन्दा कमाइरहेका छन्, उनीहरुलाई कि त परिवारलाई देश फर्काउन कि त जागिर छोड्न भनिएको छ । यसो गर्नुमा साउदी नागरिकका लागि स्थान खाली गर्नु प्रमुख कारण हो ।’
कारोवारबाट

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/isO9adsRryc?ecver=1″ frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: