नेपाल टेलिकममा जागिरको अवसर, टेलिकमले माग्यो डेढ सय कर्मचारी

काठमाडौँ- नेपाल टेलिकमले १ सय ५५ जना कर्मचारीको लागि जागिर खोलेको छ। नेपाल टेलिकमले सूचना जारी गरी विभिन्न पदमा १ सय ५५ जना कर्मचारी माग गरेको हो। निगमले खुल्लातर्फ ८९, महिला २४, आदिवासी/जनजाती २०, मधेसी १३, दलित ५ र अपांग २, पिछडिएको वर्ग २ गरी कुल १ सय ५५ जनालाई जागिर खुलाएको हो।

काठमाडौं उपत्यकाको हकमा ललितपुर, पुल्चोकस्थित साझा यातायात भवनमा रहेको यस कम्पनीको ग्राहक सेवा केन्द्र र उपत्यकाबाहिरको हकमा कम्पनीका क्षेत्रीय निर्देशनालयहरु विराटनगर, वीरगंज, भैरहवा, नेपालगंज र अत्तरिया धनगढीमा दरखास्त बुझाउन सकिने छ।
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: