बैदेशिक रोजगारका पीडितले हालेका मुद्धाको सफलताको प्रतिशत धेरै 

काठमाडौं- बैदेशिक रोजगारका पीडितले आफू विरुद्ध भएको अन्याय वा ठगिका विरुद्धमा हालेका मुद्धाका पक्षमा फैसला हुने दर अन्य मुद्धामा भन्दा धेरै रहेको छ । बैदेशिक रोजगारमा भएको ठगि वा अन्याय विरुद्ध हालिएका मुद्धा मध्ये धेरैजसो पीडितले जित्ने गरेको देखिएको छ । 

बैदेशिक रोजगारका क्षेत्रमा पीडितलाई निःशुल्क कानूनी सेवा दिंदै आएको संस्था पिपुल फोरमका अनुसार अन्य फौजदारी मुद्धामा भन्दा यसमा सफलताको दर बढी छ । पिपुल फोरमका सल्लाहकार सोम लुईंटेलका अनुसार तर यो सन्देश आम पीडितसम्म अझै राम्रोसँग पुग्न सकिरहेको छैन । 

पिपुल फोरमले आयोजना गरेको पत्रकार सम्मेलनमा लुईंटेलले जिल्ला तहमा नै बैदेशिक रोजगारका मुद्धा छिन्ने अधिकार दिने हो भनें यो नेपालको मुद्धा पर्ने पहिले क्षेत्र हुने बताए । हाल बैदेशिक रोजगारका पीडितले मुद्धा हाल्न बैदेशिक रोजगार विभाग, काठमाडौंमा नै पुग्नु पर्दछ । विभागले छिनोफानो गर्न नसकेका मुद्धा बैदेशिक रोजगार न्यायाधिकरणमा पुग्ने गर्दछन् । 

लुईंटेलले पीडितलाई न्याय पाइन्छ भन्ने विश्वासको कमिका अलावा राजनीतिक तहबाट हुने घुसखोरी, विभागले राम्रोसँग मुद्धालाई हेर्न नसक्नु, गन्तव्य मुलुकमा न्यायिक सहयोग नहुने अरु चुनौति देखिएको बताए । उनका अनुसार चुनौतिका बावजुद पनि पिपुल फोरमले हालसम्म १३ हजार ४ सय ८६ व्यक्तिलाई कानूनी सहयोग उपलव्ध गराएको र सो बाट ३२ करोड वरावरको क्षतिपूर्तिको निर्णय गराउन सफल भएको छ ।  

सो अवशरमा पिपुल फोरमका सामी परियोजना संयोजक अधिवक्ता कृष्ण न्यौपानेले आफ्नो संस्थाले सरोकारवालाहरुसँग विभिन्न चरणमा गरेको छलफलका कारण हाल पीडित आफैंले पीडकलाई पत्र बुझाउन जानु पर्ने बाध्यताको अन्त्य भएको बताए । उनले न्यायाधिकरणले गरेका फैसला कार्यान्वय भए नभएको बारेमा अध्ययन गर्ने काम भइरहेको भन्दै यसले पीडितले न्याय पाउने कुरालाई थप आश्वस्त बनाउने धारणा राखे । 

सो अवशरमा अधिवक्ता सुदीप देवकोटाले कानूनी विषयमा जानकारीका लागि पिपुल फोरमले अनलाइन पद्धतीबाट सेवा दिने तयारी गरेको भन्दै यसले विदेशमा रहेका नेपालीले पनि सेवा पाउने बताए । आगामी हप्ता देखि नै सुरु हुने सो सेवा अन्तर्गत समस्यामा परेका व्यक्ति वा उनका आफन्तले प्रश्न सोध्न सक्ने भन्दै देवकोटाले त्यसको उत्तर ईमेल तथा अनलाइन मार्फत नै प्राप्त गर्न सक्ने जानकारी गराए ।     

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: