यसकारण युएई र ओमानका राजदुत हुन योग्य छैनन् उनीहरु

 

मेघराज सापकोटा-
एक जना मित्रले फोन गरेर थर्काए । नवनियुक्त राजदूत आशा लामा र शर्मिला पराजुलीको बिरोध गरेर तैले के पाउँछस् ? शेर बहादुरलाई देशको चिन्ता छैन तँलाई खुब चिन्ता ? प्रचण्डलाई नभएको चिन्ता तलाई भयो । उनले सही कुरा गरे कि गरेनन उनै जानुन तर लोकलाई लाज हुने काम चाँही राज्यले नगरोस नै भन्ने लाग्दछ ।  मैले त कसैको बिरोध गरेको त थिएन तर बिरोध ब्यक्तिगत रुपमा हेरिदो रहेछ ।   

सरकारले युएईको लागि म्यानपावर ब्यवसायी आशा लामा र ओमानको लागि अर्की व्यवसायी शर्मिला पराजुलीलाई राजदुत नियुक्त गरे पछी बहस झनै चुलिएको छ । सामाजिक संजालमा बिरोधका आवाजहरु सुनिएका छन । जनजाती संघसंस्थाहरुले मुक्तकण्ठले सरकारको प्रशंसा पनि गरेका छन । जनजाती भएकै आधारमा प्रशंसा गरिनु ठीक हुन्छ कि हुन्न त्यो तिनै संघसंस्थाहरुले जान्ने कुरा हो । तर खाडी देशलाई आधार बनाएर युएई र ओमानमा कामदार सप्लाई गर्ने ब्यक्तीलाई सोही देशको राजदुत बनाउन हुन्छ कि हुन्न भनेर सोच्नै पर्दछ । 

कुरा के चाँही सत्य हो भने, म्यानपावर ब्यवसायीले राजदूत हुन कुनै कानुनले छेकेको छैन । क्षमता र क्राइटेरिया पुगे राजदूत त के प्रधानमन्त्री नै हुन पाउँछन् । न्यायधीस हुन पाउँछ, अख्तियारको प्रमुख हुन पाउँछन् । राजदूत हुन नेपालको संबिधानले कही कतै रोकटोक गरेको देखिन्न ।   

तर ए बाबा, हिजो मलाई यती कोटा दे भन्दै कम्पनी कम्पनी चाहर्ने देशमा चाँही राजदूत बनेर नआएको राम्रो हो । राजदुत भएर कुनै देशमा जानु भनेको त्यो देशको प्रतिनिधित्व गर्नु हो । के अहिले प्रस्तावित ति दुई व्यक्तिले त्यसरी नै देशको प्रतिनिधित्व गर्लान् त ? अनी कामदारलाई अप्ठ्यारो पारेको भनेर बैदेशिक रोजगार विभागमा उजुरी परेका व्यक्तिलाई नै राजदुत बनाउँदा भोली उनीहरुबाट के अपेक्षा गर्ने ? 

म एउटा ठुलै कम्पनीमा काम गर्छु । मेरो कम्पनीमा कामदार सप्लाई गर्ने बिभिन्न म्यानपावरका प्रतिनिधि, म्यानेजर, मालिकहरुलाई मैले मेरो कम्पनीको प्रशासन (एचआर) मा आएर कामदार ल्याउने डील गरेको मैले देखेको छु । कतिपय मेरै साथीहरु पनि यो ब्यवसायमा सँलग्न छन । एउटा कम्पनीमा मान्छेको कोटा माग्दै जाने भनेर सबैले चिनेको ब्यक्ती सोही देशको राजदुत भयो रे भन्दा कता कता काउकुती लाग्दो रहेछ ।   
यहाँ समस्याको सबै जड म्यानपावर ब्यवसायी मात्रै हुन भन्ने पनि हैन तर ती प्रमुख जड हुन भन्नेमा चाँही बिबाद छैन । बिबिध कारणले उनिहरुले झुट बोलेर नेपालीहरुलाई ल्याएका हुन्छन । दोहोरो कन्ट्र्याक्ट बनाएर नेपाल सरकारलाई झुक्याएका हुन्छन । नेपाल सरकारले तोकेको सेवा शुल्क १० हजार लिने ठाउँमा ८-१० लाख लिनेसम्म भेटिएका छन । उनिहरुलाई कारबाही त के म्यानपावर ब्यवसायीहरुको संस्थाले जोगाउने मात्र गरेको देखिन्छ । सरकारले त झनै काखी नै च्यापेको छ ।

अनी नेपाल सरकारको कानुन नमान्ने पेशामा आबद्द ब्यक्तीलाई त्यही बिभागको हाकिम बनाएर उसले ब्यवसाय गर्ने देशमै पठाउन नैतिकताले दिन्छ ? रुन्चे गायक प्रकाश पौडेलले केही समय पहिले दुताबासकै कार्यक्रममा अर्कै प्रसँगमा “नैतिकता” को कुरा उठाएका थिए । यो नैतिकताले पनि ती ब्यवसायीलाई राजदुत बनेर युएई र ओमान जान छेक्न सकेन ।

एकथरीले अचम्मको तर्क पनि गरे । उनिहरुलाई खाडीमा रहेका नेपालीहरुको दुःख ब्यथा थाहा छ रे ! अनी समाधान गर्न सक्छन रे । उनिहरुलाई थाहा नभए कसलाई हुने त ? जसले बढी समस्या पैदा गर्छ उसैलाई त थाहा हुन्छ त । समाधान थाहा भए अबुधाबीको, दुबईको, शारजाहको सेकुरिटीहरुको समस्या समाधान गरे भो नि । कि समस्या समाधान गर्न राजदुत नै हुनु पर्छ ? समाजसेवा गर्नेले राजदुत हुनु भन्दा पहिले नै समाधान गरे केही बिग्रन्छ र ? 

म त छक्क परिरहेको छु । यसो कल्पना गर्नुस् त

हिजो दुताबासमा

म्यानपावर ब्यवसायीः सर मेरो यती डिमाण्ड ल्याएको छु, प्रमाणित गरिदिनु पर्‍यो ।

दुताबासका कर्मचारी: हुन्न । यो मिलेन, त्यो मिलेन, डुब्लिकेट जस्तो छ, यसो गरेर ल्याउनुस् । भनेको सुन्नु भएन ? हुन्न भने पछी हुन्न हुन्न ।

भोली दुताबासमा
नव नियुक्त राजदूत (म्यानपावर ब्यवसायी): हेलो फलानो जी, त्यो फाइल दिनुस् त । अहिलेसम्म किन होल्ड गरेको । खुरुक्क अघि बढाउनुस् ।
दुताबासका कर्मचारीः हस म्याडम । तर ……….
नव नियुक्त राजदूत (म्यानपावर ब्यवसायी): के को तर तर, मैले भने पछी खुरुक्क गरिदिनुस् । 

हिजो दुताबासमा
म्यानपावर ब्यवसायीः सर यती काम गरिदिनुस् न । बरु कति हुन्छ यसो भेटी चढाउँला । (भेटी भन्नाले घुस)
दुताबासका कर्मचारीः नियमले त मिल्दैन ।
म्यानपावर ब्यवसायीः पिलिज सर ।
दुताबासका कर्मचारीः केही भयो भने तपाईंको जिम्मा है, हामीलाई केही नभन्नु होला । बरु कति दिनुहुन्छ ?
म्यानपावर ब्यवसायीः एक जनाको भिसा बरावर १०० दिर्हाम अनुमान) ।

भोली दुताबासमा
नव नियुक्त राजदूत (म्यानपावर ब्यवसायी): पोहोरको त्यो कम्पनीको फाइल ल्याउनुस् त । मेरो डिमाण्ड कसले होल्ड गरेको हो ? हेर्नु पर्यो ।
दुताबासका कर्मचारीः हस म्याडम । त्यो प्रकृया पुगेको थिएन । त्यसैले
नव नियुक्त राजदूत (म्यानपावर ब्यवसायी): के हो प्रकृया भनेको ? लाखेस न, मान्छे नचिनेको कहाँ थियो र ? 
……………………………………….
यहाँ केही साथीहरुले जनजातीको कुरा पनि उठाए । लामो र छोटो नाकको कुरा पनि उठाए । बिरोध आशा लामा र जनजातीको हैन । शर्मिला पराजुलीको पनि हो । उनी जनजाती नभएर बिरोध गरेको हैन । हिजोसम्म मान्छे सप्लाई गर्न कम्पनीमा कमिसनको बार्गेनिङ गर्नेहरु, डिमाण्डको बार्गेनिङ गर्नेहरु सोही देशमा राजदूत बनेर नजाउन भन्ने हो ।
समाधानः
यी दुबैजनालाई एउटालाई श्रीलंका र अर्कोलाई बाङ्लादेशको राजदुत बनाएर पठाए कसले बिरोध गर्छ ? अनी आशा लामाले सिरियाबाट एक नेपाली चेलीको उद्धार गरेको खुपै चर्चा छ भलै उनको उद्धारमा तिनको सहभागिता कति थियो बहसकै विषय हो । त्यसैले यति धेरै परोपकारी भावनाकी तथा भाषिक र कुटनीतिक दख्खल राख्ने लामालाई सिरियामा दुतावास खोलेर राजदुत बनाउन पाए त्यहाँ फसेका सयौं नेपालीको उद्धार हुनेथियो । उनले आफ्नो क्षमता पनि देखाउन पाउँथिन् । अनी पराजुलीलाई पनि त्यस्तै कुनै क्षमता देखाउने अवशरयुक्त देशमा पठाउन पाए हुनेथियो । कमसे कम हिजो कामदारको ‘डील’ गरेको देशमा नै महामहिम भएर नआइदिए नेपाल र नेपालीको ईज्जत घट्दैन भन्ने अपेक्षा मात्र हो ।

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/isO9adsRryc?ecver=1″ frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: