काँग्रेसको भातृ संगठनका अध्यक्षद्धारा राजदुतको सिफारिस सच्याउन माग  

काठमाडौं, फागुन ११- 

गत संविधानसभा निर्वाचनमा जनमोर्चाका तर्फबाट उम्मेदवार भएकी व्यक्तिलाई नेपाली काँग्रेसको कोटामा राजदुत सिफारिस गरेको भन्दै स्वयं काँग्रेसकै भातृसंगठन त्यसको विरोधमा देखिएको छ । नेपाली जनसम्पर्क समिति, युएईका अध्यक्ष चित्र केसीले लामाको सिफारिस खारेज हुनुपर्ने धारणा राखेका छन् । 

सामाजिक सञ्जाल फेसबुकमा केसीले कांग्रेसमा निष्ठावान, दिग्गज,त्यागी, पार्टीको लागि आफ्नो जीवन समर्पण गरेका व्यक्ति हजÞारौ भएको भन्दै यसले उनीहरूको अपमान गर्ने काम पार्टीले गरेको बताएका छन् । अरब मुलुकमा म्यानपावर ब्यवसायीलाई राजदुत नियुक्ति गरेर पठाउनु भनेको सम्बन्धित देशमा त्यहाँका कामदार प्रति उचित न्याय हुन सक्दैन केसीले लेखेका छन् । उनले यो सरासर गÞलत भएको भन्दै लामालाई सिफारिस गर्ने निर्णय एकदम अपरिपक्क र कांग्रेस पार्टी र सम्बन्धित देशको नेपाली कामदारको पक्षमा नरहेको धारणा राखेका छन् । पार्टीले सो निर्णय तत्काल खारेज गरी अर्कों व्यक्ति नियुक्ति गरी पठाउन उनले सरकार र पार्टीलाई अनुरोध पनि गरेका छन् । 

देश परदेशसँगको कुराकानीमा पनि केसीले लामा जनमोर्चाका व्यक्तिलाई सिफारिस गर्नु आश्चर्यको विषय भएको बताए । उनले सो निर्णय खारेज हुनुपर्ने बताए । उनले सो निर्णय सच्याउन पार्टीका अधिकाँश वरिष्ठ नेताहरुलाई फोन गरेर आग्रह गरिसकेको र निर्णय सच्चिने विश्वास व्यक्त गरे । 

म्यानपावर व्यवसायी लामा तथा अर्की व्यवसायी शर्मिला पराजुलीको सिफारिस भएदेखि नै कामदारको अधिकारका पक्षमा काम गर्दै आएकाहरु विरोधमा उत्रिएका छन् । 

यो पनि पढ्नुहोस् 

राजदुतमा सिफारिस लामाका फेसबुक स्टाटसः देउवालाई गालीदेखि नेपाली महिलाको देहव्यापारसम्म 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: