राजदुतमा सिफारिस लामाका फेसबुक स्टाटसः देउवालाई गालीदेखि नेपाली महिलाको देहव्यापारसम्म 

काठमाडौं, फागुन १०- सोमवार सरकारले युएईका लागि राजदुतमा सिफारिस गरेकी आशा लामा म्यानपावर व्यवसायी भएको र उनले कामदारको पक्षमा काम नगर्ने भन्दै विरोध सुरु भएको छ । कामदारको अधिकारका पक्षमा काम गर्दै आएका संघसंस्थाहरु लामा तथा ओमानको राजदुतमा सिफारिस भएकी शर्मिला पराजुलीलाई संसदिय सुनुवाईमा रोक्ने अभियानमा जुटेका छन् । 

युएईका लागि राजदुतमा सिफारिस भएकी लामा आफूलाई समाजसेवीका रुपमा चिनाउन चाहन्छिन । उनी सामाजिक सञ्जाल फेसबुकमा निक्कै सक्रिय पनि छिन् जहाँ उनी स्टाटस लेखिरहन्छिन् । 

नेपाली काँग्रेसको कोटाबाट सिफारिस भएकी लामाले स्वयं काँग्रेस सभापति शेरबहादुर देउवाको समेत उछित्तो काढेकी छिन् । स्वयं नेपाली काँग्रेसका नेताहरुले समेत नचिन्ने लामाका केहि फेसबुक स्टाटसमा नेपाली महिलाले देहव्यापार गरेको, गोरु काट्नेलाई कारवाही गरेकोमा आक्रोश पोखेको देखि सञ्चार माध्यमको समेत कटु आलोचना गरेकी छिन् । 

हेर्नुहोस् उनका केहि फेसबु्क स्टाटसहरु  

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: