काठमाडौं, फागुन १०- नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार विहिवार कतारी रियालको खरिदर २९ रुपैंयाँ ३५ पैसा र विक्रि दर २९ रुपैंयाँ ५१ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २९ रुपैंयाँ ९ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ २५ पैसा छ । साउदी रियालको खरिददर २८ रुपैंया ४९ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ६५ पैसा रहेको छ ।
यसैगरी मलेसियन रिंगिटको खरिद दर २३ रुपैंयाँ ९७ पैसा छ भनें विक्रि दर २४ रुपैंयाँ १० पैसा छ । कामदारको माग समेत न्यून रहेको मलेसियाको मुद्राको सटही दर कमजोर हुँदा ठूलो संख्यामा कार्यरत नेपालीलाई लामो समययता घाटा भइरहेको छ ।
कुवेती दिनारको खरिददर ३४९ रुपैंया ९८ पैसा छ भनें विक्रि दर ३५१ रुपैंयाँ ९४ पैसा छ । बहराइन दिनारको खरिददर २८३ रुपैंयाँ ४२ पैसा छ भनें विक्रि दर २८५ रुपैंयाँ १ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।