‘म्यानपावर व्यवसायी राजदुत’ !

काठमाडौं, फागुन ९- 

सरकारले धेरै नेपाली कामदार जाने मध्ये दुई मुलुकमा म्यानपावर व्यवसायीलाई राजदुतमा सिफारिस गरेको छ । सोमवार बसेको मन्त्रीपरिषद बैठकले युएईका लागि आशा लामा र ओमानका लागि शर्मिला पराजुलीलाई राजदुत सिफरिस गरेको हो । दुवै म्यानपावर व्यवसायी हुन् । यसमध्ये लामा अझ विवादिन व्यक्ति हुन् । 

सोमबार १४ मुलुकका लागि राजदूत सिफारिस गर्ने क्रममा सरकार समर्थित प्रमुख चार राजनीतिक दलहरुबीच भागबण्ड गर्दै राजदुत सिफारिस गरिएको हो । भागबण्डमा माओवादीका चार, काँग्रेसका छ, राप्रपाको तीन र फोरम लोकतान्त्रिकका एक परेका छन् । 

युएईका लागि राजदुतमा सिफारिस गरिएकी आशा लामा नेपाली काँग्रेसका तर्फबाट सिफारिस गरिएकी हुन् । ओमानका लागि सिफारिस पराजुली यसअघि पनि प्रस्तावित हुन् । उनको यसअघि सिफारिस गरिंदा ठूलो विरोध भएको थियो । उनले आफ्नो पारिवारिक पृष्ठभूमि म्यानपावर व्यवसायसँग जोडिएको भए पनि आफू त्यसमा संलग्न नभएको दावी गर्दै आएकी छन् । 

प्रस्तावित राजदुतहरुको संसदिय सुनुवाईले अनुमोदन गर्नुपर्छ भनें सम्वन्धित देशबाट एग्रिमो आउनु पर्दछ । त्यसपछि मात्र उनीहरुको नियुक्ति हुनेछ । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: