युएईमा भलिवल जित्यो अजमानको टीमले

युएई, फागुन ८- 

युएईको रस अल खैमहमा गत शुक्रबार सम्पन्न भलिबल प्रतियोगितामा युएईको अजमान टीम बिजयी भएको छ । गैर आबासिय नेपाली संघ, रस अल खैमह क्षेत्रिय समन्वय परिषदको आयोजनामा सम्पन्न उक्त भलिबल प्रतियोगितामा युएईका बिभिन्न राज्यका गरी जम्मा १२ वटा टीमले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा रस अल खैमह क्लब दोश्रो भएको छ ।

प्रतियोगिताको बिजेता टीमले १२ सय दिर्हाम नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । त्यस्तै दोश्रो हुने रस अल खैमह क्लबले ५०० दिर्हाम नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । 

गैर आवासिय नेपाली संघ, युएईका अध्यक्ष सुदीप कार्कीले खेलको उद्घाटन गरेका थिए भने उपाध्यक्ष रमेश श्रेष्ठ, प्रबक्ता बाल कृष्ण मरासिनी, युवा संयोजक निस्चल दाहाल, सदस्यहरु राजु केसी र रेशम लामाको उपस्थिती रहेको थियो । एनआरएनए केन्द्र र एनआरएनए रस अल खैमह क्षेत्र बिच भएको उद्घाटन खेलमा क्षेत्रले केन्द्रलाई हराउदै अघिल्लो चरणमा प्रबेश गरेको थियो । 

रस अल खैमह क्षेत्रका अध्यक्ष राजेन्द्र रोस्याराले प्रबासमा यस् किसिमको खेल प्रतियोगिताले नेपाली दाजुभाइहरु बिचमा आपसी भाइचारा र सद्भाव बढ्ने विश्वाश ब्यक्त गरेका छन ।

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/isO9adsRryc?ecver=1″ frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: