५ बर्षपछि नेपाल आइपुग्यो साउदीबाट शव 

 

सुनिल न्यौपाने, काठमाडौं, फागुन ४-

साउदी अरवमा मृत्यु भएको ५ बर्षपछि एक नेपालीको शव नेपाल आइपुगेको छ । रामेछाप हिलेदेवी ५ का बमबहादुर तामाङको शव बुधवार नेपाल ल्याइएको हो । अवैधानिक रुपमा साउदीमा बसेर काम गरिरहेको अवस्थामा पक्राउ परेका उनको हमद अस्पतालमा मृत्यु भएको थियो । उनको मृत्यु हृदयाघातका कारण भएको अस्पतालको कागजातमा उल्लेख छ ।  

२०६९ सालमा मृत्यु भएका बमबहादुरको नाम फरक परेका कारण शव नेपाल ल्याउन मुस्किल भएको थियो । “हामीले डेढ बर्षसम्म लगातार त्रिपुरेश्वरस्थीत कन्सुलर सेवा विभागमा धाएपछि हार खाएर बुवाको शव नेपाल आउने आश मारेका थियौं” मृतकका छोरा राजकुमार मोक्तानले विमानस्थलमा भने “तर पछि रामेछापको सुचना केन्द्र र सिमएआइआरले पहल गरेपछि शव नेपाल ल्याउन सकियो ।” 

२०६२ सालमा बैदेशिक रोजगारका क्रममा साउदी गएका बमबहादुर साढे तीन बर्ष काम गरेर छुट्टीमा नेपाल आएका थिए । तीन महिना घर बसेर पुनः साउदी अरव गएका उनी पछि अवैधानिक भएर काम गर्न थालेका थिए । सोही क्रममा प्रहरीद्धारा पक्राउ परेका उनको प्रहरी हिरासतमा नै हृदयाघात भएको थियो । उपचारका लागि अस्पताल पुर्याइएका उनको अस्पतालमै मृत्यु भएको हो । 

भाइ घाइते अवस्थामा अस्पताल ल्याइएको जानकारी सोही अस्पतालमा काम गर्ने चितवनकी एक महिलाले फोन गरेर बताएकी थिइन् मृतकका माइला भाई हर्कबहादुरले भनें “त्यसैले हृदयाघात भएको कुरामा हामीलाई शंका नै छ ।” उनी आफ्ना दाजुलाई पक्राउ गरेपछि यातना दिइएको र सोही कारण मृत्यु भएको आशंका गर्छन् । 

त्रिभुवन विमानस्थलमा बाबुको शव पर्खिरहेका राजकुमारले आश मारिसकेको अवस्थामा बाबुको शव मात्र भए पनि नेपाल आइपुग्दा खुशी लागेको बताए । “कमसे कम बुवाको अन्तिम पटक मुख हेर्न पाइने भयो” प्रहरी सेवामा सोलुमा कार्यरत राजकुमारले भने “सरकारी निकायले आवश्यक सहयोग नगरिदिंदा मेरो परिवारले यो हण्डर खेप्नुपर्यो ।” 

मृतक बमबहादुरको नाम धनबहादुर भएका कारण उनको शव नेपाल ल्याउन समस्या भएको शव नेपाल फर्काउन पहल गरेको संस्था सेण्टर फर माइग्रेसन एण्ड ईण्टरनेशनल रिलेशन(सिएमआइआर) का बसन्त घिमिरेले बताए । उनका अनुसार रियाद स्थीत नेपाली दुतावास, अस्पताल र बमबहादुरको स्पोन्सरसँगको समन्वयमा शव नेपाल ल्याउन सफलता मिलेको हो । परिवारले शव आउने आश मारिसकेको अवस्थामा मन्थलीस्थीत सुरक्षित आप्रवासन सुचना तथा परामर्श केन्द्रले उनको केसलाई सिएमआइआर पठाएको थियो । सुचना केन्द्रकी परामर्शदाता सिर्जना बस्नेतले लामो प्रयत्न पछि शव नेपाल ल्याउन मद्धत गर्न पाएकोमा सन्तोष व्यक्त गरिन् ।  

लामो समयसम्म शव नआएपछि परिवारले यसअघि नै उनका काजकिरिया गरिसकेको छ । बुधवार शव नेपाल आइपुगेपछि एकरात बौद्धको एक गुम्वामा एक रात राखेर विहिवार उनको अन्तिम संस्कार गरिनेछ ।  

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/NeECQeRWoys?ecver=1″ frameborder=”0″ allowfullscreen></iframe>{/source}

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: