साथमा ‘आइडी’ नभेटिए जरिवाना गर्ने चेतावनी

दोहा, फागुन ४- 

कतारमा कार्यरत हरेक व्यक्तिले आफ्नो साथमा कतारी आइडी(परिचयपत्र) बोकेर मात्र हिंड्डुल गर्न सरकारी अधिकारीले चेतावनी दिएका छन् । मागेको वखतमा देखाउन सक्ने गरी परिचयपत्र बोकेर मात्र हिंड्डुल गर्न उनीहरुले सचेत बनाएका हुन् । 

कतारको आन्तरिक मन्त्रालयले सचेत गराउँदै प्रहरीले जुनसुकै वखतमा मागेको समयमा पनि त्यस्तो परिचयपत्र देखाउनु पर्ने क्यूएनएलाई उधृत गर्दै दोहान्यूजले समाचार लेखेको छ । 

यसअघि पनि कतारको कानून अनुसार आफ्नो साथमा परिचयपत्र बोकेर हिंड्नु पर्ने भएपनि गैरकानूनी रुपमा बसिरहेका कामदारलाई निरुत्साहित गर्न सो व्यवस्थालाई कडाईका साथ लागु गर्न खोजिएको हो । यसअघि कसैको साथमा परिचयपत्र नभएमा उसले मगाएर त्यस्तो परिचयपत्र देखाउन सक्दथ्यो । तर अव साथमा परिचयपत्र नबोकेको भेटिएमा आर्थिक जरिवाना तिर्नुपर्ने समाचारमा जनाइएको छ । त्यस्तो जरिवाना १० हजार कतारी रियालसम्म हुने चेतावनी दिइएको छ । 

कतारले अवदेखि कतारी आइडी कार्डलाई मात्र सरकारी परिचयका रुपमा स्वीकार्ने जनाएको छ । यो व्यवस्था कतारी नागरिकलाई पनि लागु हुनेछ । आइडी कार्ड हराएमा नयाँ बनाउन २ सय रियाल लाग्नेछ ।

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/VPO1FEsOhuk?ecver=1″ frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: