श्रीमान् विदेशमा रहेका बेला बच्चा जन्माएर खोलामा फ्याँकेको अभियोगमा पक्राउ

काठमाडौं, फागुन ३- अवैध बच्चा खोलामा फ्याँकेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । बच्चा जन्माएर खोलामा फ्याँकेको आरोपमा पाँचथर रबि–९ की यमुना न्यौपाने अधिकारीलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजन लिम्बूले बताए । ‘शंका लागेपछि नियन्त्रणमा लिएर सोधपुछ गर्दा बच्चा जन्माएर खोलामा फालेको उनले स्वीकार गरिन्’ डीएसपी लिम्बूले भने ।

गत माघ २७ गते दमक–१२ स्थित रतुवा खोलाको पुलमुनि सालनालसहितको शिशुको शव फेला परेको थियो । प्रहरीले शिशुको शव आवश्यक प्रक्रिया पूरा गरी पोस्टमार्टम गरेर फरार महिलाको खोजी थालेको थियो । सोही क्रममा विशेष सुराकीको आधारमा अधिकारीलाई पक्राउ गरिएको डीएसपी लिम्बूले बताए । २७ वर्षीया अधिकारीलाई प्रहरीले सोमबार पक्राउ गरेको थियो ।

अधिकारीका श्रीमान् वैदेशिक रोजगारीको सिलसिलमा साउदीमा छन् । उनी दमक–६ स्थित माइती घरमा बस्दै आएकी थिइन् । अनैतिक सम्बन्धबाट गर्भ रहेपछि समाजले थाहा पाउने डरले बच्चा जन्माएर फ्याँकेको प्रहरी बयानका क्रममा उनले बताएकी छिन् । पक्राउ परेकी महिलामाथि आवश्यक अनुसन्धान जारी राखेको र गर्भपतनसम्बन्धी महलमा मुद्दा चलाउने तयारी भइरहेको डीएसपी लिम्बूले बताए ।

कान्तिपुरबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: