
लक्ष्मण सापकोटा, युएई, फागुन २-
युट्युवको नेपाल ट्रेन्डीङमा पहिलो नम्वरमा परेको गायक हेमन्त रानाको नयाँ गित ‘साइली’ युट्युवको युएई ट्रेन्डीङमा पनि माथिल्लो १० भित्र परेको छ । युट्युवमा शनिवार सार्वजनिक भएको गित साईली यो समाचार तयार पार्दासम्म युट्युवको युएई ट्रेन्डीङमा सातौ नम्वरमा छ । सार्वजनिक भएको २४ घण्टा नपुग्दै ५ लाख भन्दा वढि पटक हेरीएको साईलीलाई समाचार तयार पार्दासम्ममा १२ लाख भन्दा वढि पटक हेरीएको छ ।
पछिल्लो समय चलचित्रको गीतले मात्र चर्चा कमाईरहेको वेला आधुनिक गीत साईलीलाई युट्युवमा अत्याधिक रुचाईएपछि लामो समयको अन्तरालपछि आधुनिक गीत पनि चर्चामा आएको छ ।
हेमन्त रानाको स्वरमा रहेको साईलीको भिडियो गीतको भाव अनुसार तयार गरिएकोले दर्शकले अत्याधिक रुचाएका हुन् । कालीप्रसाद बाँस्कोटा र हिमाल साउदको शब्द तथा कालीप्रसाद बाँस्कोटाको संगीत रहेको गीतको म्युजिक भिडियोमा गौरव पहाडी र मेनुका प्रधानले अभिनय गरेका छन् ।
{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/4R7BxxuGmmE?ecver=1″ frameborder=”0″ allowfullscreen></iframe>{/source}