मलेसियामा कामदारको हितका लागि कोष स्थापना 

सुदिप निउरे, क्वालालम्पुर, फागुन १-

मलेसियामा रहेका नेपाली कामदारको हितका लागि एक कल्याणकारी कोषको स्थापना गरिएको छ । मलेसिया भ्रमणमा रहेका श्रम तथा रोजगार मन्त्रिको उपस्थितीमा कोषको स्थापना गरिएको हो । 

कोष स्थापना गरेर संघले स्रहानिय काम गरेको भन्दै श्रममन्त्रि सुर्यमान गुरुङले बैदेशिक रोजगार सम्बन्धि कुनै पनि समस्या परे सिधै श्रम मन्त्रालय अथवा आफ्नो सम्पर्कमा आउन सबैमा आग्रह गरे । ठगी अन्त्य गर्न नसकिए पनि न्युनिकरण गर्न आफु लागि परिरहेको मन्त्रि गुरुङ बताउँछन । 

गैह्र आवासिय नेपाली संघ मलेसियाद्धारा सञ्चालनमा ल्याईएको कोषमा झण्डै १० लाख रुपैया संकलन भएको छ । संघका पुर्ब अध्यक्ष शंकर बहादुर पौडेलको संयोजकत्वमा कोष सञ्चालनमा ल्याईएको हो । 

सोही कार्यक्रममा बोल्दै मलेसियाका लागि नेपाली राजदुत डाक्टर निरंजनमान सिंह बस्न्यातले राम्रो काम गर्नेको पक्षमा आफु सधै रहने बताए । नेपाली कामदार रहेका अन्य मुलुक भन्दा मलेसियामा रहेको नेपाली राजदुतावासले धेरै सक्रिय रुपमा काम गरेको डाक्टर बस्न्यातले जनाए । थोरै जनशक्त्तिले झण्डै ५ लाख नेपालीका समस्या समाधान गर्न आफु लागि परेको बस्न्यातको भनाई छ । 

रोजगारीका लागि मलेसिया आएका अत्यन्त पिडीत नेपाली कामदारको उद्धारका लागि कोषमा जम्मा भएको रकम प्रयोग गरिने कोषका संयोजक पौडेल जानकारी दिएका छन् । समस्यामा परेका महिला कामदारलाई पहिलो प्राथमिकता दिईने र दोस्रोमा मानसिक रोगीहरुलाई सहयोग गरिने संघका बर्तमान अध्यक्ष बिश्व राईले जानकारी दिए । कार्यक्रममा प्रेम पाण्डे,मोहन घिमिरे ,शुदर्सन थापा, गणेश केसी, हेमराज पुरुष लगायतले कार्यक्रममा आफ्ना बिचार राखेका थिए ।

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/7M95Yy0W3sw?ecver=1″ frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: