म श्रममन्त्रि होईन शरम मन्त्रि भाछुः मन्त्रि गुरुड

 

सुदिप निउरे, फागुन १, क्वालालम्पुर

श्रम तथा रोजगार मन्त्री सूर्यमान गुरुङले आफू श्रम मन्त्री नभई शरम मन्त्री भएको बताएका छन् । मलेसियाको राजधानी क्वालालम्पुरमा आयोजित एक कार्यक्रममा बोल्दै श्रममन्त्रि सुर्यमान गुरुङले आफ्नै मातहतको मन्त्रालयबारे असन्तुष्टी ब्यक्त गरे ।  

बैदेशिक रोजगारीलाई प्रभावकारी बनाउन नसक्नु लज्जास्पद भएको स्वीकार गर्दै मन्त्रि गुरुङले दलालहरुद्वारा श्रम मन्त्रालयलार्इ घेराबन्दी पार्ने काम भैरहेको स्पष्ट पारे । पहिले पनि बैदेशिक रोजगारी बारे आफुले बिभिन्न खाले समस्या सुन्दै आए पनि अहिले वास्तविकता रुपमा दलालहरुको चलखेल देखिरहेको भन्दै मन्त्री गुरुङले अनेक किस्सा समेत सुनाए  । 

आफु  मन्त्रि भैसकेपछि अनलाईनबाट श्रम स्वीकृती लिने प्रक्रिया शुरु गरेको बताउंदै मन्त्रि गुरुङले दलालप्रति ईंगित गर्दै भने, हामीले शुरु गरेको कामले कतिपयलाई निन्द्रा लाग्न छोडीसकेको छ । युवा जनशक्ति बिदेश पठाउने काम आफुलाई पटक्कै मन नपर्ने भएपनि घुमिफिरी आफ्नो भागमा श्रम मन्त्रालय नै आईपुगेको मन्त्रि गुरुङको भनाई थियो । 

मलेसियाबारे विवादहरु धेरै नै भएको बताउदै मन्त्रि गुरुङले मलेसियालार्इ कामदार दिने नदिने भन्नेबारे भने सरकार सोच्न बाध्य भएको बताए । यद्यपि मलेसियालार्इ कामदार नदिने भन्ने बारे कुनै निर्णय नभएको पनि मन्त्रि गुरुङको भनाइ छ । छिट्टै नै हुने दुई देशका प्रतिनिधी सम्मिलीत भेटघाटमा त्यसबारे छलफल गरिने मन्त्रि गुरुङले बताए । श्रमलाई मर्यादित बनाउने काममा आफु  लागि पर्ने बताउंदै मन्त्रि गुरुङले नेपालमा श्रम अस्पताल बनाउने बारे सरकारले सोच बनाईरहेको जानकारी दिए  ।  कार्यक्रममा बिभिन्न क्षेत्रमा कार्यरत नेपाली श्रमिकले मन्त्रि गुरुङसंग प्रत्यक्षरुपमा आफ्ना समस्या र गुनासाहरु राखेका थिए । शनिबार  मलेसिया आईपुगेका मन्त्री गुरुङले मंगलबार मलेसियाका समकक्षी रिचर्ड रियोट्सँग भेटवार्ता गर्ने कार्यक्रम छ । 

फरक प्रसँगको भिडियो हेर्नुहोस् 

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/NeECQeRWoys?ecver=1″ frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: