अनेसास नवोदितको ६६औं डबली सम्पन्न

दीलिप पराजुली, दोहा-

लामो समय देखि दोहामा स्थापित साहित्यिक संस्थाहरु अन्तराष्ट्रिय नेपाली साहित्यिक समाज कतार च्याप्टर र नवोदित साहित्यिक वाचनालय कतारले संचालन गर्दै आएको कार्यक्रमको ६६ औ डबली सम्पन्न भएको छ । प्रवासमा रहेर साहित्य सिर्जना गरिरहेकाहरुलाई अवशर सिर्जना गर्ने उद्धेश्यले स्थापना भएको संस्थाले हरेक महिनाको दोश्रो शुक्रबार आफ्ना कार्यक्रम सम्पन्न गर्दै आएको छ । दोहाका अन्य कार्यक्रम भन्दा बिल्कुल फरक कार्यक्रममा विशिष्ट श्रोताको रुपमा गोर्खा सेवा समाज कतारका अध्यक्ष सुदर्शन भट्ट रहेका थिए । 

प्रणय दिवस नजिकिदै गर्दा कार्यक्रम एकदम प्रेमिल बनेको थियो । राजन राईको कबिताबाट शुरुभएको कार्यक्रममा रुप रसाइली, सिताराम थापा, निराजन लुइँटेल, मणि पौडेल, तिर्थ संगम राई, ओम दाहाल र बिन्देश्वर यादवले आफ्ना कविता वाचन गरेका थिए । यसैगरी राजेश्वर ढकाल, दीलिप पराजुली, शेखर बस्नेत, प्रदिप कुमार, शुभ सन्ध्या, कृष्ण रिमाल, कृष्ण सुबेदी, चक्र कार्की, राजन लामा, ईश्वर राई, बसन्त भुजेल, सुरेशमान रुम्बा, ईश्वर शाही, प्रेम प्रसाद भट्टराई र सुबास सापकोटाले आफ्ना श्रृंगारिक गजल वाचन गरेका थिए । कार्यक्रममा बेचन महतो, उदगार यादव लगायतले आफ्ना गीत सुनाएका थिए । 

कार्यक्रमका विशिष्ट श्रोता सुदर्शन भट्टले लामो समयसम्म चलेको डबलीको आगामी दिन पनि यसरी नै अगाडी बढोस् भन्दै शुभकामना दिएका थिए । दोहाका कार्यक्रममा निकै समाबेश भएको भएपनि डबली निकै रमाइलो हुने भट्टले बताए । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: