
काठमाडौं, माघ २९- पाँचौ एसियन आप्रबासी फुटवल प्रतियोगिताको तयारीमा जुटेको नेपाली फुटबल टिम, कतारले मैत्रीपूर्ण खेलमा इन्डोनेसियाको टिमलाई ३–० ले जितेको छ ।
कतारको मिसाइदमा शुक्रबार सम्पन्न खेलमा नेपालका खेलाडी गणेश खड्काले ह्याट्रिक गर्न सफल भए । उनले पहिलो हाफ अगाडि दुई गोल र पछि एक गोल गरेका थिए । खेल अबधीभर नेपाली खेलाडीको पक्कडमा बल थियो । ए डिभिजनका खेलाडी अमिर श्रेष्ठको नेतृत्वको टिम मैदानमा उत्रिएका थिए । यो टिममा शिब श्रेष्ट र गणेश खड्का पनि ए डिभिजनका खेलाडी हुन् ।
कतार फुटबल एशोसियसनले फेव्रवरी २३ बाट आयोजना गर्न लागेको पाँचौ एसियन आप्रबासी फुटबल प्रतियोगिताको पुर्ब तयारीको लागि मैत्रीपुर्ण खेल खेलेको हो । प्रतियोगितामा एक दर्जन देशले सहभागी जनाउनेछ ।
टिमका अध्यक्ष सञ्जिब रानाभाटले नेपालको ए डिभिजनमा खेलिसकेका खेलाडीहरु सहभागी भएकोले टिम थप मजवुत रहेको बताए । ‘हरेक बर्ष नयाँ नयाँ खेलाडीले अबसर पाइरहेको छ,’ उनले भने,‘हामी टिमलाई बलियो बनाउन थप अग्रसर छौं ।’ अघिल्लो बर्ष नेपाल प्रतियोगताको उपबिजेता बनेको थियो ।
कान्तिपुरबाट