मलेसियालाई कामदारले लागत खर्च व्यहोर्न नसक्ने जवाफ दिने सरकारको तयारी 

काठमाडौं, माघ २८-

श्रम तथा रोजगार मन्त्रालयले मलेसिया र साउदी अरवसँग द्धिपक्षिय श्रम सम्झौताका लागि गृहकार्य तिव्र बनाएको छ । नेपालले पठाएको मस्यौदामा मलेसियाले हालै आफ्नो प्रस्ताव सहित सुझाव पठाएपछि मन्त्रालयले यसबारेमा पुनः गृहकार्य अगाडी बढाएको छ । 

मलेसियाले पठाएको सुझावका बारेमा विहिवार मन्त्रालयमा गहन छलफल भएको छ । मलेसियाले रोजगारीका लागि आउने कामदार आफैंले आफ्नो लागत खर्च व्यहोर्ने प्रस्ताव गरेपछि नेपालले यसअघि देखि नै लागु गरिएको फ्रिभिसा, फ्रिटिकटको विषयलाई मलेसियाली प्रतिनिधिमण्डल समक्ष राख्ने तयारी गरेको हो । छलफलमा सहभागि एक अधिकारीका अनुसार नेपालले कामदारको लागत खर्च व्यहोर्ने नमिल्ने तर्क राख्नेछ । 

छलफलमा साउदी अरवसँग गर्ने तयारी भइरहेको श्रम सम्झौताका विषयमा पनि छलफल भएको थियो । यसअघि नेपाली प्रतिनिधि मण्डलले साउदी अरवमा भएको छलफलमा नेपाली घरेलु कामदारको न्यूनतम तलव १२ सय रियाल हुनुपर्ने शर्त राखेकोमा साउदी अरवले ११ सय दिने प्रस्ताव मन्त्रालयलाई पठाएको छ । सो बारेमा सकारात्मक ढंगमा छलफल अगाडी बढेको ति अधिकारीले बताए । यसैगरी कामदारको मृत्यु भएको खण्डमा क्षतिपूर्ति तिर्नेगरी बीमा गर्ने नेपालको प्रस्ताव साउदी अरवले अस्वीकार गरेपछि क्षतिपूर्ति वापत ५० हजार रियाल उपलव्ध गराउन नेपालले प्रस्ताव गरेको छ । यसमा साउदी अरवले सकारात्मक ढंगमा छलफल अगाडी बढाउने आश्वासन दिएको मन्त्रालय श्रोतको भनाई छ ।  

अघिल्लो सरकारले पेश गरेको बजेट वक्तव्यमा नेपालीका मुख्य गन्तव्य मुलुकहरुसँग दुई पक्षिय श्रम सम्झौता गर्ने कामलाई अगाडी बढाउने समेटिएकोमा वर्तमान सरकारले पनि द्धिपक्षिय श्रम सम्झौतालाई प्राथमिकता दिंदै आएको छ ।        

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/chjbEXoC18M” frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: