साउदीमा कहाँ हराए आशमान ?

धादिङ- एक महिनाअघि साउदीमा बिरामी परेका धादिङको वसेरी- ४ का आशमान गुरुङ बेपत्ता छन्। परिवारको सुख खोज्न साउदी पुगेका आशमान ६ महिनापछि बिरामी परेका थिए। श्रवणशक्ति गुमाएका आशमान गत पुस पहिलो साताबाट साउदीको रियादबाट बेपत्ता भएको दाजु सकराम गुरुङले बताए। होटलमा वेटर कामको लागि गत साउन २८ गते साउदी पुगेका उनी पुस २ गतेबाट सम्पर्कविहीन बनेको परिवारले जनाएको छ।

भाइ बिरामी परेको एक महिनाअघि नारायण कटुवालले फेसबुकमा फोटो राखेपछि मात्रै थाहा पाएको सकरामले बताए। विदेशमा मानसिक सन्तुलन गुमाएर बिरामी परेका भाइको खोजी गरिदिन सकरामको परिवार सदरमुकामस्थित जिल्ला प्रशासन कार्यालय र विभिन्न संघसस्थामा हारगुहार गरिरहेका छन्।

साउदीमै कार्यरत नारायण कटवालले बिरामी आशमानलाई साउदीको रियादकै सडकमा हिँड्दै गर्दा भेटेका थिए। सडकमा हिँड्दै गरेको उनी नेपाली नै भएको थाहा पाएपछि नारायणले आशमानको फोटो खिचेर ‘यो साथीलाई कसैले चिन्नुभएको छ भने भनि दिनुहोला’ भन्दै फेसबुक वालमा हालेका थिए जसको माध्यमबाट उनका परिवारले थाहा पाएका थिए।

बिरामी अवस्थामा नेपाली भेटेपछि नारायणले २ दिन आफूसँगै राखेका रहेछन्। नारायणले भने, ‘बाटोमा भेटेपछि २ दिन क्वाटरमा राख्यौं। तेस्रो दिन क्वाटरबाट निस्केछ त्यसपछि भेट्टाएनौं।’ पुलिसले पक्रेको छ कि भनेर बुझ्दा पनि त्यहाँ नभेटिएको उनले बताए।  नारायणका अनुसार आशमानले निर्माणसम्बन्धी काम गरेका थिए। त्यतिबेला आशमानले कालो र सेतो चेक स्कार्फ टाउकोमा बेरेका छन् भने खैरो सुइटरमा कालो जिन्स पाइन्ट लगाएका छन्। ‘हामीले आसमानलाई खोज्ने धेरै प्रयास गर्‍यौ, उनी भेटिएनन्। एम्वेसीमा खवर गरी जिम्मा लगाउन नपाउदै निस्किदिनुभयो अहिले कुन स्थानमा कुन अवस्थामा छन् भन्ने विषयमा हामीलाई थाहा छैन’ नारायणले भने।

आशमानका दाजु सकरामले भाइको अवस्था पत्ता लगाइदिन आग्रह गर्दै सूचना तथा परामर्श केन्द्र धादिङमा निवेदन दिएका छन्। आशमानको खोजी गरी अवस्था पत्ता लगाइदिन साउदीस्थित नेपाली राजदूतावास र पिएनसीसीसँग आग्रह गरिएको सूचना तथा परामर्श केन्द्रका गंगा सुवेदीले बताइन्।

धादिङ बसेरीका आशमानका श्रीमती र १ छोरी छन्। ‘नजाउ भन्दा मानेन्, पैसा कमाएर ल्याउँछु भनेर गए, जसरी पनि मेरो श्रीमान खोजिदिनुस्’ श्रीमतीले आग्रह गरिन्।

पासपोर्ट नम्बर ०९४३३८४५ भएका आशमान २०७३ साउन २८ गते साउदी पुगेका थिए। कसैले साउदी अरेवियाको कुनै ठाउँमा देख्नुभयो भने सम्पर्क गरिदिनुस् है भन्दै आशमानका दाजु सकरामले फोन नम्बरसमेत छाडेका छन्। ००९७७– ९८१००३७२५३, ९८६१७०३११४ मा वा सूचना तथा परामर्श केन्द्र धादिङको फोन नम्बर ०१०–५२०४९३ मा सम्पर्क गरिदिन आग्रह गरेका छन्।

नागरिकबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: