
काठमाडौं- दक्षिण कोरियामा बैदेशिक रोजगारीको आकर्षक गन्तब्य हो । कोरियामा मसिक एक देखि अढाई लाख रुपियाँसम्म तलब थाप्छन् । त्यसैले कोरिया लाखौंको सपना हो । तर, कोरिया आएकाहरु मध्ये केहीको छुट्टै समस्या छ । कमाएको पैसाले जमिन किन्यो घर बनायो, परिवारको इच्छा पुरा गर्यो । चार वर्ष १० महिना सकेर नेपाल फर्केपछि के गर्ने भन्ने चिन्ताले पोल्न थाल्छ ।
त्यसैले हाल कोरिया भ्रमणमा आएका हकेर नेतृत्वहरु भन्ने गर्छन अब कोरियाबाट धन भन्दा पूञ्जी भित्र्याउ । यस्तै पूञ्जी भित्राउन लागि परेका छन् कोरियामा केही युवाहरु । नेपाल कोरिया बचत समूह नामकरण गरी सहकारी अवधारणामा पूञ्जी संकलनमा जुटेका छन उनीहरु । २०१२ सालबाट संचालन गरिएको यो बचत समूहमा हालसम्म ६० लाख रुपियाँ जम्मा गरिसकेका छन् ।
बचत समूहमा पाँचथर जिल्लाका पाँच गाविसका १३ जना सदस्य रहेका छन् । कोरियाकै बैंकमा जम्मा गरिएको बचतबाट हालै झापाको चुलाचुलीमा ३० कट्ठा जमिन किनिसकेका छन् । सो जग्गामा उन्नत जातका बृक्ष रोपनदेखि माछा पालन र कृषी फर्म गर्ने योजना रहेको समूहका सदस्य नोगेन नेम्बाङ्ले बताए ।
समूहमा प्रतिव्यक्ति प्रतिमहिना एक लाख वन (करिब १० हजार रुपियाँ) बचत गर्ने गरेका छन् । समूहमा नयाँ सदस्यता सामेल हुन चाहेमा ७५ प्रतिशत शेयर निकालेर नयाँ सदस्यता दिने प्रावधान राखिएको छ । यदी समूहभित्रका कुनै सदस्यले सापटी लिन परे १० लाख वन करिब (१ लाख रुपैयाँ) को मासिक १० हजार वन (करिब १ हजार रुपैयाँ) व्याजको तिर्नु पर्छ । पाँचथर साराङ् डाँडाका विर्ख शेर्माको अध्यक्षतामा गठित कार्यसमितिमा चित्र आङ्देम्बा सचिव रहेका छन्भने सन बहादुर नेम्बाङ् कोषाध्यक्ष र सन्देश नेम्बाङ्ले लेखा सहयोगीको जिम्मा लिएका छन् ।
त्यसैगरी कोरियामै अर्को ४० जनाको समूह पनि गत वर्षदेखि मासिक बचतमा जुटेका छन् । एभरग्रिन ग्रुप दक्षिण कोरिया नामकरण गरी निश्चित समय तोकी तीन वर्षको लागि बचत गरिरहेका छन् । प्रतिव्यक्ति प्रतिमहिना एक लाख वनको दरले बचत गरिरहेका छन् । हालसम्म करिब ४५ लाख रुपियाँ बचत भइसकेको अध्यक्ष कृष्ण प्रसाद विडारीले बताए ।
तीन वर्षपछि नेपालमा उद्योग दर्ता गरी स्वरोजगार उत्पादन गर्ने योजनामा छन् । जलविद्युत, कृषी तथा पशुपालन लगायत क्षेत्रमा लगानी गरिने योजना रहेको विडारीले बताए । गत वर्ष स्थापित एभरग्रिन समूह गत महिना पहिलो वार्षिक साधरणसभा गरी नयाँ कार्यसमिति चयन गरेका छन् । कोरियामा कमाएका शिप र ज्ञानलाई सदुपयोग गरी यस्ता बचतले नेपालमा साना उद्योग संचालन गर्न सहयोग पुराउने बचत समूहका सहभागीहरुले आशा राखेका छन् ।
कान्तिपुरबाट