युएईमा खुल्ला भलिवल प्रतियोगिता हुने 

युएई, माघ २७– युएईको उत्तरी राज्य रस अल खैमहमा आगामी १७ फेब्रुवरीका दिन खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ । गैर आवासिय नेपाली संघ, क्षेत्रिय समन्वय परिषद, रस अल खैमहको आयोजनामा सम्पन्न हुन लागिरहेको उक्त भलिबल प्रतियोगितामा युएई भरका १० भन्दा बढी नेपाली टोलीहरुले भाग लिने बताइएको छ । आयोजकका अनुसार रस अल खैमहको नखिलमा रहेको केरला सोसल सेन्टरको भलिबल कोर्टमा उक्त दिन बिहान १० बजेबाट प्रतियोगिता शुरु हुने छ । 

प्रतियोगिताको प्रथम बिजेतालाई १,२०० दिर्हाम (३५ हजार रुपैयाँ), द्धितिय हुनेलाई ५०० दिर्हाम (१५ हजार रुपैयाँ) पुरस्कारको ब्यवस्था गरिएको आयोजकले जनाएको छ । ३०० दिर्हाम टोली दर्ता शुल्क राखिएको उक्त प्रतियोगितामा भाग लिन १५ फेब्रुवरीसम्म आफ्नो टोलीको नाम दर्ता गर्नु पर्ने एनआरएनए रस अल खैमहका अध्यक्ष राजेन्द्र रोस्याराले बताएका छन् । 

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/NeECQeRWoys” frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: