तीन महिना देखि अस्पतालमा अचेत 

दक्षिण कोरिया- क्षयरोगका कारण अचेत रहेका एक नेपालीको विगत तीन महिनादेखि दक्षिण कोरिया उपचार भइराखेको छ। जगतपुर ७ चितवनका सुकमान लुन्गाबाको कृतिम श्वास प्रश्वासमार्फत उपचार भइरहेको छ।

सेब्रान्स अस्पताल सोलमा उपचाररत सुकमानलाई थप उपचारका लागि आइतबार नेशनल अस्पतालमा सारिएको छ। क्षयरोगल अचेत भएका सुकमानलाई अपरिचितले अस्पताल पुर्याएका थिए। सुकमानको स्वास्थ्य अवस्थामा सोमबारदेखि केही सुधार भएको एनआरएन कोरियाकी उपाध्यक्ष लक्ष्मी गुरुङले जानकारी दिएकी छिन्।

सुकमान स्वास्थ्य हुन करिब नौ महिना लाग्ने अस्पतालले जनाएको छ। अवैधानिक रुपमा कोरिया बस्दै आएका उनको साथमा रहेको पासपोर्टको फोटोकपी भेटिए पश्चात मात्रै उनी नेपाली नागरिक भएको खुलेकोे हो। यद्यपी अहिलेसम्म उनलाई चिन्ने व्यक्ति भेटिएका छैनन्।

सेब्रान्स अस्पतालमा उपचारको क्रममा २३ करोड वनको बिल उठेको गुरुङले जानकारी गराइन्। बिरामीको परिचित नभेटिएको आग्रह गरे पश्चात अस्पतालले २२ करोड २० लाख उपचार शुल्क छुट गरिदिएको छ।

चितवन सम्पर्क समिति, तामाङ संघ र कास्की परिवारको सहयोगमार्फत् प्राप्त ५० लाख वन अस्पताललाई चुक्ता गरिएको छ। उपचार खर्च बापतको तीस लाख वनका लागि अस्पतालले ताकेता गरिरहेको चितवन सम्पर्क समितिका अध्यक्ष दील श्रेष्ठले जानकारी दिए। ४३ बर्षीय सुकमान कहिलेदेखि कोरिया बस्दै आएका थिए भन्ने खुल्न सकेको छैन्।

अन्नपूर्ण पोष्टबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: