नेपाल महिलालाई डिपोर्ट गराउन निवेदन दिने जायदल जिम्मेवारीबाट हटाइए  

काठमाडौं- लेवनान मामिला हेर्ने इजिप्टस्थित नेपाली दूतावासले लेवनानको परराष्ट्र मन्त्रालयलाई पत्र पठाउँदै लेवनानी नागरिक जर्ज सलिम अबु जायदलले नेपाल सरकार, नेपाली दूतावास र लेवनानमा कार्यरत नेपाली समुदायको प्रतिनिधि नगर्ने जानकारी दिएको छ ।

लेवनानमा कार्यरत नेपालीको अधिकारको पक्षमा काम गर्न सरकारले नियुक्त गरेको अवैतानिक महावाणिज्यदूत जोय इसा अल खुरीलाई १२ अप्रिल २०१६ पछि हटाएसँगै जर्जलाई नेपाल मामिलामा काम गर्ने अख्तियारी दिएको थियो । 

जर्जको काम कारवाहीको आलोचना बढेपछि नेपालको परराष्ट्र मन्त्रालयले समेत चासो व्यक्त गर्दै आएको थियो । ‘दूतावासले लेवनानको सम्बन्धित निकायलाई जर्ज आधिकारिक व्यक्ति नभएको पत्र पठाइसकेको छ,’ नेपाली दूतावासका उपनियोग प्रमुख सुजन बिडारीले भने, ‘जर्जलाई पनि नेपालीको प्रतिनिधित्व नगर्न सचेत पत्र दिइसकिएको छ । नेपालीको प्रतिनिधित्व गर्दै काम गरेको भेटिएमा कारवाही गरिने जानकारी पनि दिएका छौं ।’ 

हालै लेवनानबाट डिपोर्टमा परेकी झापाकी रोजमाया लिम्बू र म्याग्दीकी सुजना रानाले आफूहरू विरुद्ध जर्जले नै उजुरी दिएको दाबी गर्दै आएका छन् । 

‘जर्जले नै हामीविरुद्ध अनावश्यक उजुरी दिने काम गरे । यसबारे छानबिन गरी उनलाई कारवाही नै गर्नुपर्छ,’ मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुले भने, ‘लेवनानमा नेपाली दूतावास नहुँदाको परिणाम हामीले भोग्नुपर्‍यो ।’ लेवनानमा झन्डै ९ हजार नेपाली कामदार कार्यरत छन् । जसमा ९५ प्रतिशत नेपाली घरेलु कामदार छन् ।

कान्तिपुरबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: