‘हामीलाई पक्राउने एनआरएनए, लेवननका पदाधिकारी नै हुन्’ 

 

काठमाडौं, माघ २६-

लेवननबाट डिपोर्ट(जवर्जस्ती स्वदेश फिर्ता) गरिएका दुई नेपाली महिलाले आफूहरुलाई अन्यायपूर्वक स्वदेश फर्काइएको भन्दै न्यायको अपिल गरेका छन् । लेवननबाट फर्काइएका सुजना(सुशीला) राना तथा रोजामाया(रोजी) लिम्वूले आफूहरुलाई एनआरएनए, लेवननका केहि पदाधिकारी र पूर्व पदाधिकारीहरुले स्थानीय व्यक्ति लगाएर स्वदेश फर्काएको बताए । 

राजधानीमा पत्रकार सम्मेलन गर्दै पीडितहरुले विना कारण आफूहरुलाई व्यक्तिगत रिसईवीका कारण डिपोर्ट गराउन भूमिका खेल्ने एनआरएनए, लेवननका पदाधिकारी तथा पूर्व पदाधिकारीहरुलाई कारवाही गर्न सम्वन्धित निकायको ध्यानाकर्षण गराए । “एनआरएन भनेको हामी विदेशमा भएका नेपालीले अप्ठ्यारो पर्दा मद्धत माग्ने संस्था हो भन्ने हामीले बुझेका हौं” पत्रकार सम्मेलनमा रोजी लिम्वूले भनिन “तर दुर्भाग्य त्यहि संस्थाका मान्छेले हामीलाई केस लगाएर पक्राएका हुन् ।” 

उनले आफूहरुलाई पक्राउ गरेपछि आतंककारीलाई जस्तै व्यवहार घर फिर्ति केन्द्रमा गरिएको भन्दै विना कारण ५छ दिन थुनिएर शारिरीक र मानसिक यातना खेप्नु परेको भन्दै न्यायका लागि सम्वन्धित निकायको ध्यानाकर्षण गराइन् । 

घर फिर्ति केन्द्रमा बयान लिन लैजाँदा पटक पटक एउटै प्रश्न सोध्ने, पानी पिउन तथा शौचालय जान नदिइने तथा ढोका बाहिर घुँडा टेकाएर राख्ने गरेको भन्दै लिम्वूले अमानविय यातना भोग्नु परेको बताइन् । 

पत्रकार सम्मेलनमा सुजना रानाले आफू कानूनी रुपमा कार्यरत रहेको तथा गर्दै नगरेको अभियोगमा पक्राएर नेपाल फर्काइएको भन्दै पीडकले उन्मुक्ति पाएकोमा गुनासो गरिन् । “हो हामीले स्थानीय यूनियनमा काम गरेको हो तर त्यो दुःख पाएका नेपालीलाई न्याय दिलाउन गरिएको थियो न की आरोपमा भनिएजस्तै प्रतिव्यक्ति ३ हजार डलर लिएर थियो” रानाले भनिन् । उनले आफूलाई घरमा काम गर्दै गरेको अवस्थामा आएका प्रहरीले कालो मास्क लगाएर तथा हथकडी लगाएर लगेको भन्दै मानसिक तथा शारिरीक यातना पाएको बताइन् । 

पत्रकार सम्मेलनमा अधिवक्ता रमेश बडालले राना र लिम्वूले अन्यायमा परेका घरेलु कामदार नेपाली महिलालाई सहयोग गरेको भन्दै त्यो लेवननको कानून विपरित नभएको बताए । उनले उनीहरु पक्राउ परेपछि जिफन्टले वकिल राखेर मुद्धा लड्न खोज्दा समेत नदिइएको र जवर्जस्ती स्वदेश फर्काइएको बताए । “उहाँहरुको गिरफ्तारीमा एनआरएनएका केहि व्यक्तिको संलग्नताको सुचना आएको छ” बडालले भने “यसका बारेमा स्वयं एनआरएनएको केन्द्र तथा नेपाल सरकारले छानविन गर्नुपर्छ ।” 

घटनामा एनआरएनए, लेवननका पदाधिकारीहरुको संलग्नताका विषयमा एनआरएनए अन्तर्गतको बैदेशिक रोजगार तथा आप्रवासी कामदार कल्याण समितिका संयोजक धरम केसीका अनुसार यो विषय हाल अनुशासन समितिमा पठाइएको छ । 

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/NeECQeRWoys” frameborder=”0″ allowfullscreen></iframe>{/source} 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: