
काठमाडौं, माघ २६-
नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार बुधवार मलेसियन रिंगिटको खरिद दर २४ रुपैंयाँ छ २५ पैसा छ भनें विक्रि दर २४ रुपैंयाँ ३९ पैसा छ । कामदारको माग समेत न्यून रहेको मलेसियाको मुद्राको सटही दर कमजोर हुँदा ठूलो संख्यामा कार्यरत नेपालीलाई लामो समययता घाटा भइरहेको छ ।
कतारी रियालको सटही दर भनें केहि महिनायता झण्डै ३० रुपैंयाँको हाराहारी छ । यसले हाल पहिलो गन्तव्य मुलुक बन्न सफल मुलुकको सटही दर बृद्धि हुँदा बहुसंख्यक नेपाली कामदार फाइदामा छन् । कतारी रियालको खरिदर २९ रुपैंयाँ ५५ पैसा र विक्रि दर २९ रुपैंयाँ ७१ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २९ रुपैंयाँ २९ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ ४५ पैसा छ । साउदी रियालको खरिददर २८ रुपैंया ६८ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ८४ पैसा रहेको छ ।
यसैगरी कुवेती दिनारको खरिददर ३५२ रुपैंया ७२ पैसा छ भनें विक्रि दर ३५४ रुपैंयाँ ६९ पैसा छ । बहराइन दिनारको खरिददर २८५ रुपैंयाँ ३२ पैसा छ भनें विक्रि दर २८६ रुपैंयाँ ९१ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।
फरक प्रसँगको भिडियो हेर्नुहोस्
{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/chjbEXoC18M” frameborder=”0″ allowfullscreen></iframe>{/source}