युएईमा हुँदैछ नेपाली फेसन शो 

युएई-  युएईमा पहिलो पटक  नेपाली फेसन शो हुने भएको छ।  रोयल आइल्याण्ड जनरल ट्रेडिङ तथा छेपारो डटकमको आयोजनामा फेब्रुअरी १० मा नेपाली फेसन शो हुन लागेको हो। नेपाली फेसनको अन्र्तराष्ट्रिय रुपमा विस्तार गर्ने उद्देश्यले सो कार्यक्रम गर्न लागेको आयोजकले पत्रकार सम्मेलन गरी जानकारी गराएको  छ।

सहभागीहरुलाई  तालिम दिन र कार्यक्रमको  तयारीका लागि मृगतृष्णा फेसन हाउसकी फेसन डिजाइनर तृष्णा गुरुङ र कोरियोग्रफर सावित्रि खत्री युएई आएका छन्। कार्यक्रममा परम्परागत संस्कृति झल्कने विभिन्न किसिमका नेपाली पोशाकहरुको फेसन प्रस्तुत गरिने आयोजकले बताए। फेसन शोमा १० जना बालबालिका, १० जना महिला मोडल र ५ जना पुरुष मोडलको शो रहने छ। 

उक्त दिन मिस नेपाल २०१४ सुविन लिम्बु,  नायिकाहरु पूजना प्रधान, वर्षा राउत, र रजनी केसीको उपस्थिति रहने आयोजक आकाश खतिवडाले  बताए।

नागरिकबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: