२२ नेपाली अलपत्र 

काठमाडौं, माघ २३ 

चार महिनाको तलब नदिई  कम्पनी सञ्चालक र म्यानेजर सम्पर्कबिहीन भएपछि कतारमा २२ जना नेपाली कामदार अलपत्र परेका छन् । पीडितहरुले उद्दारका लागि नेपाली दुताबाससहित कतारको सम्बन्धित निकायमा पुगे पनि सुनुवाई हुन नसकेको बताए । उनीहरु आठ महिनाअघि कतार पुगेका थिए । उनीहरु टिम वर्करियल स्टेस कम्पनीमा कार्यरत थिए । तलब नदिई कम्पनी सञ्चालक सम्पर्कबिहीन भएपछि उनीहरुलाई खाना समेत अभाव हुन थालेको छ ।  

अलपत्र पर्ने नेपाली कामदारमा चितवनका कृष्ण प्रसाद ढकाल, बुटवलका रवि खत्री, रुपन्देहीका  हरिनारायण थारू र सफिक महमद फगिर, स्याङ्जाका रिगबहादुर गुरुङ, दैलेखका कुमार राजु शाही,  मोरङका बिनोदकुमार, डगलसिंह लिम्बु, बिमल धामी थारु र अरबिन चौधरी, नवलपरासीका राजेश, धनुषाका मोगेन्द्र महरा, सुरजकुमार राई, बोएलाल मण्डल र राम मगत गोटिया, महोत्तरीका नसोम, कैलालीका नारायण चौधरी, सुनसरीका प्रेम प्रकाश चौधरी, ताप्लेजुङका फुर्वा शेर्पा, दाङका यज्ञबहादुर केसी, सर्लाहीका सदाम हुसेन र सप्तरीका सुरेशकुमार चौधरी छन् । 

कम्पनीले पीडित कामदारको आवासीय भिसासमेत लगाइदिएको छैन । पीडित कामदारहरु स्वदेश पठाइदिनको लागि कतारको खोज अनुसन्धान केन्द्रमा समेत पुगेका थिए । ‘केन्द्रले टिकट लिएर आउन भनेको छ । हामीसँग टिकट छैन,’ सप्तरीका चौधरीले भने,‘टिकट जुटाउने प्रयास भइरहेको छ ।’

कम्पनीका ब्यवस्थापकले तलब र टिकट दिन्छु भन्दै हातमा राहदानी दिएर सम्पर्क बिहीन भएका छन् । अलपत्र अधिकांश कामदार इभ नेपाल ओभरसिजबाट गएका थिए । 

कान्तिपुरबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: