कुवेतमा प्रहरी हिरासतमा नै एक नेपाली महिलाको मृत्‍यु

हरी कृष्ण न्यौपाने, कुवेत, माघ १९- 

कुवेतको साल्मिया स्थित प्रहरी थानामा श्रीमाया नेपाली नाम गरेकी नेपाली महिलाको मृत्यु भएको छ । उनको गत जनवरी ३० तारिक (सोमबार) मृत्‍यु भएको हो । 

उनको मृत्‍युको कारण अहिलेसम्म नखुलेको र थप अनुसन्धान भइरहेको नेपाली दुताबास कुवेतका द्धितिय सचिव भोगेन्द्र लिंङ्देनले बताए। उनले थपेू श्रीमाया नेपाली घरबाट भागेर काम गर्दै गरेकी र सल्मियामा नियमित चेकजाँचका क्रममा पक्राउ परेकी हुन सक्छिन्। श्रीमायाको कुवेती साहु (स्पोन्सर) ले सन २०१४ मा घरबाट भागेको मुद्दा हालेको देखिए पनि उनको नेपालको घर, ठेगाना तथा अन्य जानकारी भने अहिलेसम्म दुताबासमा आईनपुगेको उनले बताए । 

लिङ्देनले भने ‘श्रीमाया नेपालीको बारेमा कुनै पनि जानकारी वा कागजात फेला नपरेको कारण उनलाई जान्ने वा नेपालको ठेगाना तथा परिवारको बारेमा जानकारी हुनेले नेपाली दुताबास कुवेतमा संपर्क गरेर सहयोग गर्नु होला।’ मृतकको लाशलाई मुबारक अलकबिर अस्पतालमा राखिएको छ भने घटनाका बारेमा थप अनुसन्धान पछी मात्र भन्न सकिने द्धितिय सचव लिङ्देनले बताए।

  

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: