बलात्कृत भन्दै एक नेपाली युवतीको फोटो हालेर समाचार छापिदिंदा तनाव  

 

युएई, माघ १९- 

युएईस्थीत भारतीय दूतावासमा कार्यरत एक नेपाली महिलालाई त्यहाँ काम गर्ने एक सूरक्षाकर्मीले बलात्कार गरेको भन्दै एक नेपाली महिलाको फोटो सहित समाचारमा प्रकाशित भए पछी उनी तनावमा छिन । 

एक अनलाइनले उक्त समाचारमा पीडित भन्दै ति नेपाली महिलाको फोटो सहितको समाचार प्रकाशित गरेको थियो । फोटोमा देखिएकी नेपाली महिलाले भनें आफु वास्तविक पीडित नभई आफु समाचारका कारण पीडित बनेको बताउँछिन । 

ूमेरो फोटो कसरी आयो, म पीडित हैनू उनले भनिन । कसैले बद्नाम गर्ने उद्धेश्यले नै उनको फेसबूकबाट फोटो लिएको उनको अनुमान छ । ‘म युएईको एक विश्वविद्यालयमा काम गर्ने सामान्य कामदार हुँ, मलाई कसैले बलात्कार गरेको छैन र गर्ने हिम्मत राख्न पनि सक्दैन’ उनले भनिन, ‘फेसबूकबाट मेरो फोटो लिएर मेरो बद्नाम गर्नेलाई कारबाही गर्न सहयोग गर्न सबैलाई आग्रह गर्दछु ।’ 

फोटो देखेर आफन्त साथीभाइहरुले विश्वभरबाट आफुलाई सोधीखोजी गर्ने गरेको भन्दै उक्त घटनाले आफु तनावमा रहेको उनले बताईन । ‘कसले कुन नियतले यस्तो काम गर्‍यो मलाई थाहा छैन, म कोही पनि भारतीय र पाकिस्तानी नागरिकहरुसँगको संगतमा छैन, चिन्दिन पनि’ उनले भनिन ।  

समाचारमा हिमानी भनिने हुमा नामकी नेपाली चेली बलात्कृत भएको र उनले दूतावासका सुरक्षा प्रमुख पवन कुमार राईलाई बताएको तर सुरक्षा प्रमुखले पीडितलाई सहयोग गर्नुको सट्टा पीडकलाई सहयोग गर्दै उनलाई यूएईबाट भारत फिर्ता हुन सहयोग गरेको उल्लेख गरिएको थियो । 

सो समाचारमा भारतीय दुताबासका उच्चस्तरका कर्मचारीहरुको नाम समेत मुछिएको छ भने अहिलेसम्म भारतीय दुताबासले कुनै प्रतिकृया जनाएको छैन ।  भारतीय दुताबासमा नेपाली चेली बलात्‍कृत भएको नभएको बारे नेपाली दुताबासलाई अधिकारिक रुपमा कुनै जानकारी नभएको दुताबास श्रोतले बताएको छ ।  

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/DKt-MMjkQ_Y” frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय