‘लाश  त ल्याइदेउ’ 

चन्दनकुमार यादब, राजबिराज, माघ १९- 

श्रीमान साउदी उडेपछि पराले छानो फेरेर पक्की घर बनाउने र त्यसपछि सुखका दिन आउने आश थियो सप्तरीको बभनगमाकटी ३ की बिमलादेवी मण्डललाई । तर विदेश गएका उनका श्रीमान बहादुर मण्डलले त्यो सपना पुरा गर्नै भ्याएनन् । 

परिवार पाल्ने रोजगारीका लागि साउदी उडेका उनको ईहलीला उतै समाप्त भयो । त्यसैले न घर बन्यो न अरु खुसीका बाटा नै भेटिए । चार छोराछोरीको पालनपोषणको एक्लो दायित्व आएको छ विमलाको काँधमा । दुई बर्ष अघि श्रीमान् साउदी उडेपछि विमला बभनगमाकटी ३ तोपामा बालबच्चा र ससुरा सहारेर बसेकी थिइन् । श्रीमान टाढा हुँदा एक्लोपन त थियो तर भोली सुखका दिन आउँछन् भन्ने आश थियो विमलालाई । 

तर दुई महिना अघि परिवारमा बज्रपात भयो । रोजगारीका लागि साउदीमा रहेका उनका श्रीमानले उतै प्राण त्यागे ।  राती पेट दुखेपछि अस्पताल पुर्याएको केहि घण्टामै उनको मृत्यु भएको खवर परिवारलाई आएको छ ।  

बिमलाले मृत्युको खवर आएको चार दिन अघि मात्रै श्रीमानसँग फोनमा कुराकानी भएको थियो । ‘मलाई एक्लै अनि छोराछोरीलाई टुहुरो बनाएर जानुभयो’ आँखाभरी आँसु पार्दै बिमलाले दुःख पोखिन् ।   

अब बिमलासँग ससुरा सहित आमा र परिवारको छाक टार्ने बाटो छैन ।  छोराछोरीलाई पढाउने पैसा छैन । ‘अब त दिमागमा खाली भविष्य अन्धकार भयो जस्तो मात्रै लाग्छ’ बिमला भन्छिन् । उनीसँग भएको भनेको ५ धुर जग्गा मात्रै हो । त्यसमा एउटा घर र आँगन नै ठिक्क छ । 

छोराको शवसम्म आइदिए पनि विधि अनुसार अन्तिम संस्कार गर्न पाइन्थ्यो भन्ने आग्रह छ बाबु बेचन मण्डलको । तर पटक पटक काठमाडौं धाउँदा समेत त्यसमा खासै केहि भएको छैन । स्थानिय शिवकुमार मण्डलका अनुसार शव ल्याउन पहलका लागि काठमाडौं जाँदा आउँदा ५० हजार भन्दा बढी खर्च भइसक्यो । तर शव आउने कुनै टुंगो भएको छैन । सुचना तथा परार्मश केन्द्र राजविराजले बहादुर मण्डलको शव ल्याउन पहल गरिरहको केन्द्रका संयोजक रामप्रमेश मण्डलले जानकारी दिए । 

सप्तरीका थप एक युवाको मलेसियामा मृत्यु 

सप्तरीका थप एक व्यक्तिको मलेसियामा मृत्यु भएको छ । साढे दुई बर्षअघि मलेसिया गएका सप्तरी देउरीभरुवा गाबिस ३ मुसहरनियाका प्रविण झाको सडक काट्ने क्रममा माघ १५ गते मृत्यु भएको हो । बसवाट उत्रिएर कोठा जाने क्रममा सडक पार गर्दा भएको दुर्घटनामा उनको मृत्यु भएको हो । 

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/CUG3wYJyJig” frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: