कतारमा आँखा गुमाएर फर्केपछि …….

बर्दिबास, माघ १९-

वैदेशिक रोजगारीमा जाने समयमा आफ्ना बुबाआमा, छोराछोरी र श्रीमतीको आँखाको आँसुसहितको मुहार हेरेर विदेशिएका महोत्तरी बर्दिबास ३ का गणेशबहादुर श्रेष्ठले विदेशबाट फर्किँदा आफ्नो परिवारका सदस्यको हँसिलो मुहार हेर्न पाएनन् । जग्गा साहुलाई सुम्पेर वैदेशिक रोजगारीमा गएका श्रेष्ठ कतारमै दृष्टिविहीन भएपछि अहिले उनी अचेत अवस्थामा छन् ।

७ वर्षीय छोरालाई राम्रो शिक्षादीक्षा दिन र घरपरिवारका सदस्यलाई मिठो मसिनो खुवाउन कतारको मेट्रोपार्क कम्पनीमा काम गर्न पुगेका यी युवकको अहिले जीवन नै समाप्त भएजस्तै भएको छ । स्वदेशमा रोजगारी नपाएपछि लहैलहैमा लागेर श्रेष्ठ वैदेशिक रोजगारीमा गएका थिए । कतारमा साथीसँग विवाद हुँदा भएका झडपमा दुवै आँखाको ज्योति गुम्न पुग्यो ।

पानी थाप्ने क्रममा गणेशलाई धकेल्दै अघि बढेका कास्की लामाचौरका सन्तोष सुनारले उनको आँखा र नाकको बीचमा रडले प्रहार गरेका थिए । रड प्रहारपश्चात् उनी बेहोस भएका थिए । होसमा आउँदा उनी कतारकै एक अस्पतालमा पुगेको उनले बताए । होस आउँदा उनको आँखाको ज्योति गुमिसकेको थियो ।

नेपाल आएपछि पनि उनले आखाँको ज्योति फर्कने आसमा काठमाडौंको तिलगंगा आँखा अस्पतालमा गएर देखाए । तर उनको आँखाको ज्याति फर्केन । गणेशलाई हिर्काउने सन्तोष कतारको जेलमा रहेको उनले बताए । दृष्टि गुमाएर सन् २०१३ डिसेम्बर १३ मा नेपाल फर्केपछि उनी पत्नीको सहारामा घरसम्म पुगे । 

नेपाल फर्कनुअघि उनलाई कम्पनीले तीन महिनाभित्र २ लाख रियल बिमाको रकम दिने भनेको थियो तर उनले त्यो रकम अहिलेसम्म पाएका छैनन् । उनले बिमा रकम माग गर्दै वैदेशिक रोजगार प्रवद्र्धन बोर्डमा निवेदन दिए । निवेदन दिएको बर्षौं भए पनि उनको निवेदनबारे बोर्ड बैठकले टुंगो लगाएको छैन ।

‘नेता, प्रहरी र सरकारी कार्यालयमा धाउँदा आश्वासन मात्र दिन्छन्, भनेको काम गरिदिँदैनन्’, गणेशकी पत्नी रीताले भनिन्, ‘पतिलाई डोर्‍याउँदै कति दिनसम्म न्यायको भिख माग्नु । गणेशकी पत्नी अहिले बर्दिबासमा सानो फलफूल व्यवसाय गरेर जीवन धानी रहेकी छन् । छोरालाई राम्रो विद्यालयमा पढाउने रहर पूरा भएन । दुवै आँखाबाट बग्ने पानीले उनलाई हैरान परेको छ । गणेश अहिले घरको एक कुनामा बसेर दिन बिताउने गर्छन् । हातमा हलो र कोदालो बोक्ने गणेशको हातमा अचेल लठ्ठी हुने गरेको छ ।

गणेशकी ७० वर्षीया आमा खड्क माया श्रेष्ठ भन्छिन्, ‘छोराले कमाएर खुवाउनु पर्ने बेलामा उसैलाई खुवाउनु परेको छ । खेत सबै साहुँकोमा छ ।’

अन्नपूर्ण पोष्टबाट

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/CUG3wYJyJig” frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: