डिपोर्ट गरिएकी लिम्वू नेपाल आइपुगिन् 

काठमाडौं, माघ १६ 

लेबनानबाट जवर्जस्ती स्वदेश फिर्ता(डिपोर्ट) गरिएकी नेपाली कामदार रोजमाया(रोजी) लिम्बू आइतवार स्वदेश आईपुगेकी छिन् । उनलाई पक्राउ गरेको दुई महिनापछि लेवननले हिजो डिपोर्ट गरेको थियो । उनी आइतवार नेपाली समय अनुसार अपरान्ह साढे दुई बजे नेपाल उत्रिएकी छिन् । 

घरेलु कामदार भएर अधिकारकर्मीका रुपमा काम गरेकोमा असन्तुष्टिस्वरुप उनलाई लेवननले जवर्जस्ती स्वदेश फर्काएको हो । सोही मुद्दामा पक्राउ परेकी शर्मिला (सुजना) रानालाई लेवननले गत डिसेम्बर ११ मा डिपोर्ट गरी नेपाल पठाएको थियो ।

१४ वर्षदेखि घरेलु कामदारको रुपमा काम गर्दे आएकी धरानकी लिम्बूलाई डिपोर्ट (फिर्ता) नगरी लेबनानमै काम गर्न दिनुपर्ने माग राख्दै लेबनानसहित अन्तर्राष्ट्रिय अधिकारकर्मीहरुले सरकारलाई दबाब दिँदै आएका थिए । लिम्बूलाई घरेलु कामदारको हैसियतमा अधिकारकर्मीको भूमिका खेलेको र घरेलु कामदारलाई आश्रय दिएको भन्दै गत डिसेम्बर ५ मा पक्राउ गरेको थियो । प्रहरीले घरेलु कामदार छिरिङ डोल्मा शेर्पा, नुना थापा र गीता माझीलाई मालिकबाट भगाएको र आश्रय दिएको आरोप लगाएको छ । 

लिम्वू लेबनानको राष्ट्रिय ट्रेड युनियन महासंघ (फिनासोल) की सदस्य पनि हुन् । फिनासोलले डिपोर्ट रोकी पाउँ भन्दै अदालतमा मुद्दा दयार गरेपछि उनी तत्काल डिपोर्ट हुनबाट रोकिएकी थिइन् । लेबनान प्रहरीले बिनासूचना डिपोर्ट गरेको भन्दै अधिकारकर्मीहरुले सरकारको आलोचना गरेका थिए । रोजमायालाई डिपोर्टटेसन केन्द्रबाट बाहिर निकाल्न अधिकारकर्मीहरुले हस्ताक्षर अभियान समेत चलाएको थियो । फेनासोलले मुद्दा दायर गरेपछि लेबनान अदालतले दुई सातासम्म डिपोर्ट नगर्न र थप छानबिन गर्न सुरक्षा महानिर्देशनालयको कार्यालयलाई आदेश दिएको थियो । दुई सातासम्म रोजमायाको पक्षमा वकालत गर्ने वकिललाई प्रहरीले भेट्न दिएको थिएन । त्यसविरुद्ध पुनः फिनासोल अदालतमा पुगेपछि प्रहरीले वकिललाई रोजमायासँग भेट्न दिएको थियो ।

रोजमाया र सृजनाले आफूहरुलाई लेबनानी नागरिक जर्ज अबु जैइदले प्रहरीमा उजुरी दिएको आरोप लगाएका छन् । ‘जर्ज नेपालको लागि अवैतनिक महावाणिज्य दूत बन्ने प्रयासमा थिए । उनको विरोध गर्दा हामीलाई मुद्दा दायर गरिएको हो’, उनीहरुले लेखेको पत्रमा उल्लेख छ । तीन दशकसम्म अवैतनिक महावाणिज्य दूत रहेका जोए इशा अल–खुरीलाई परराष्ट्र मन्त्रालयले हटाएपछि इजिप्टस्थित नेपाली दुतावासले जर्जलाई नेपालको मामिलामा स्थानीय निकायसँग समन्वय गरी काम गर्न अख्तियारी दिएको थियो ।

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/7M95Yy0W3sw” frameborder=”0″ allowfullscreen></iframe>{/source}

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: