सुतेकै अवस्थामा मृत्यु

रुकुम, माघ १६

रोजगारीको सिलसिलामा कतार गएका एक रुकुमेलीको मृत्यु भएको छ । जिल्लाको स्यालाखदी–६ पहाडाका २१ वर्षीय गोविन्द बुढाको मृत्यु भएको हो । शुक्रबार साँझ कामबाट आएर खाना खाएर सुतेको र आज बिहान मृत अवस्थामा फेला परेको पीडित परिवारले जानकारी दिएको छ ।

दुई वर्ष पहिले बुबाको मृत्यु भएपछि र आमाले अर्कैसँग विवाह गरेपछि आर्थिक चपेटामा परेका बुढा गत असारमा रोजगारीका लागि कतार गएका थिए । बुढाको शव नेपाल ल्याइदिनका लागि परिवारले सरकारसँग अनुरोध गरेको छ । रासस

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/NeECQeRWoys” frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: