नयाँ बीमा सुरु गर्न प्रधानमन्त्री कार्यालयको सकृयता, प्रिमियम ३ देखि ५ सय बीच हुने

काठमाडौं, माघ १६ 

सरकारले घोषणा गरेको बैदेशिक रोजगारमा जानेहरुका लागि नयाँ बीमा कार्यक्रमको बारेमा आवश्यक तयारी थालेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डले गत माघ ११ गते घोषणा गरेको थप बीमा कार्यक्रमलाई लागु गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले आवश्यक गृहकार्य सुरु गरेको हो । 

प्रधानमन्त्रीको सम्वोधनमा बैदेशिक रोजगारमा गएर असाध्य रोग(क्यान्सर, मृगौला फेल हुने लगायतका १५ जटिल रोगहरु) लागेर फर्किनेहरुलाई जनही ५ लाखसम्म दिने व्यवस्था समेटिएको छ । सो घोषणालाई कार्यान्वयन गर्न बीमा योजना बनाउन प्रधानमन्त्री कार्यालयले गत विहिवार र शुक्रवार दुई दिन बीमा कम्पनीका प्रतिनिधिहरुसँग गहन छलफल गरेको छ । 

छलफलमा सहभागि श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव गोविन्दमणी भूर्तेलका अनुसार बीमा कम्पनीहरुले सो बीमा वापत थप प्रतिव्यक्ति ५ सय प्रिमियमको प्रस्ताव गरेका छन् । उनीहरुले सोभन्दा कम प्रिमियममा ५ लाख बरावरको बीमा सुविधा दिन नसकिने अडान राखेका छन् । 

सरकारको तर्फबाट प्रतिव्यक्ति रु. ३ सयको प्रस्ताव गरिएको भूर्तेलले जानकारी दिए । यसमा केहि नपुग हुने अवस्थामा बैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट सहुलियत दिन सकिने सरकारले प्रस्ताव गरेको छ । तर यसमा बीमा कम्पनीहरुले थप गृहकार्यको आवश्यकता रहेको बताएपछि सो विषय तत्काल निर्णयमा पुग्न सकेन । 

प्रधानमन्त्रीको घोषणा अनुरुप थप बीमाको व्यवस्था आगामी फागुन १५ गतेदेखि लागु हुनेछ । यसका लागि समय थोरै भएको भन्दै प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले अविलम्व त्यसको व्यवस्था मिलाउन श्रम तथा रोजगार मन्त्रालयलाई निर्देशन दिएको छ ।  

 {source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/NeECQeRWoys” frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय