युएईमा फोनिज गठन

दुबई, युएई, माघ १५- आदिवासी जनजातिहरुको मुद्दा र समाचारहरुलाई प्रभावकारी रुपमा सबै समक्ष पुर्‍याउन आदिवासी जनजातिहरुको छुट्टै संयन्त्रको आवश्यकता महसुस गर्दै युएईमा नेपाली आदिवासी जनजाति पत्रकार महासंघ युएई च्याप्टरको गठन प्रक्रिया शुरु भएको छ । मुलधारका संचारगृह र संचारकर्मीहरुले आदिवासी जनजातिका मुद्धालाई न्यायोचित स्थान नदिएको, स्थान दिई हाले पनि मुख्य मुद्दा र बिषयहरु पाखा लगाइ अपुरो सन्देशहरु मात्र प्रवाह भैरहेको भन्दै फोनिज गठनको प्रकृया आरम्भ भएको हो । 

नेपाल आदिवासी जनजाति महासंघ युएईका प्रथम उपाध्यक्ष पासाङ शेर्पाको संयोजकत्वमा सात सदस्यीय तदर्थ समिति गठन भएको छ । तदर्थ समितिको उपसंयोजकमा तिलक साम्पाङ राई, सचिवमा धनेन्द्र मास्की राना, कोषाध्यक्षमा सोनिया इङ्नाम तथा सदस्यहरुमा नुरु शेर्पा, हर्कमणी राई र इन्द्र गुरुङ रहेका छन ।

तदर्थ समितिले सचिव धनेन्द्र मास्की रानाको संयोजकत्वमा ३ सदस्यीय विधान मस्यौदा समिति समेत बनाएको छ, जसको सदस्यहरुमा नेफिन युएईका भुतपुर्व अध्यक्ष पि एस निङ्लेकु र नेफिन युएईका द्वितीय उपाध्यक्ष सुरेन्द्र थिङ रहेका छन । बिधान मस्यौदा समितिले २ हप्ता भित्र तदर्थ समितिमा बिधानको मस्यौदा पेश गर्नेछ र उक्त बिधान पारित भएको २ महिना पछि तदर्थ समितिले सदस्यता विस्तार गरि पहिलो अधिवेशन गराउने भएको छ ।

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/VPutHQbjqLU” frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: