प्रधानमन्त्री कार्यालयद्वारा कतारमा अलपत्र तीन नेपालीको उद्दार

काठमाडौं, माघ १४- प्रधानमन्त्री कार्यालयको निर्देशन र पहलमा तीन महिनादेखि कतारमा अलपत्र परेका तीन नेपालीको उद्दार गरिएको छ । कञ्चनपुर जिल्ला बेलौरी नगरपालिकाका तिलक बिष्ट, लक्ष्मणसिंह पन्त र हरिश भण्डारी कात्तिकको तेस्रो साता वैदेशिक रोजगारीका लागि कतार गएका थिए । काठमाडौंको अवतार ह्युमन रिसोर्स  मेनपावर कम्पनिलाई प्रतिव्यक्ति २ लाख साठी हजार बुझाएर कतार पुगेका उनीहरु काम नपाएर बेरोजगार भएका थिए । तीन महिनासम्म काम नपाएपछि उनीहरुले प्रधानमन्त्रीको सचिवालयमा सम्पर्क गरी उद्दारका लागि अनुरोध गरेका थिए ।

पीडितको अनुरोधपछि प्रधानमन्त्री कार्यालयले परराष्ट्र र श्रम मन्त्रालयसँग समन्वय गरी अलपत्र नेपालीलाई नेपाल झिकाउन कुटनीतिक पहल गरेको थियो । त्यसलगत्तै कतारमा रहेको नेपाली दुतावासले थप पहल गरी उनीहरु गत बुधवार नेपाल आइपुगेका हुन् । नेपाल फर्काएपछि प्रधानमन्त्री कार्यालयले पीडितले मेनपावरमा भुक्तान गरेको पैसा फिर्ता दिलाउने पहल थालेको छ ।

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/DKt-MMjkQ_Y” frameborder=”0″ allowfullscreen></iframe>{/source}

 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: