जासुसी गरेको अभियोगमा दुई नेपाली पक्राउ

काठमाडौं- इजरायलको लागि जासूसी गरेको अभियोगमा लेबनानको जेनेरल सेक्युरिटी डिपार्टमेन्टले दुई नेपाली महिलासहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई लेबनानी र एक प्यालेष्टाइनी छन् । लेबनानको जेनेरल सेक्युरिटी निर्देशनालयको सञ्चार कार्यालयले विज्ञप्ती जारी गर्दै पक्राऊबारे पुष्टि गरेको अल्मानर डटकमसहित विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । 

पक्राऊ परेका नेपालीको जन्म सन् १९९१ र १९९३ रहेको विज्ञप्तीमा खुलाइएको छ । पक्राउ परेकाहरुले अनुसन्धानको क्रममा टर्की, जोर्डन, बेलायत र नेपालमा रहेको इजरायली दूताबासमा फोन सम्पर्क गरेको स्वीकारेको विज्ञप्तीमा भनिएको छ । 

पक्राउ परेका दुई नेपाली महिलाहरु नेपालबाट लेबनानमा घरेलु कामदार लैजान सक्रिय रहने गरेको र उनीहरुले त्यस्ता कामदारलाई इजरायली दूतावासको सम्पर्क दिएर लेबनानबारे जानकारीहरु दिन लगाउने गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । 

अनुसन्धानपछि उनीहरुलाई सम्बन्धित अदालतमा उपस्थित गराइएको र जासूसीमा संलग्न अन्यको खोजी भइरहेको विज्ञप्तीमा भनिएको छ ।यसअघि मंसिरमा घरेलु कामदारको रुपमा  आएर ुअधिकारकर्मीको भूमिकाु खेलेको भन्दै लेबनानले दुई नेपाली महिलालाई पक्राउ गरेको थियो । 

कान्तिपुरबाट

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/NeECQeRWoys” frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: