प्रधानमन्त्रीको युएई भ्रमण र नेपाली कुटनिति 

मोहन बस्याल, युएई

नेपालका कुनै पनि सरकारी अधिकारी, नेता वा मन्त्रि, प्रधानमन्त्रीहरु बिदेश भ्रमण गएर फर्केपछी त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा झर्ने बित्तिकै एकै स्वासमा भन्छन् यो भ्रमण ऐतिहासिक भयो, यो भ्रमणले दुई देश बीचको सम्बन्ध अझ गाढा बनाएको छ, यो उपब्धिमूलुक भ्रमण हो । भ्रमण अत्यन्त सफल र फलदायी भएको छ ।

सबै भ्रमण भनिएजस्तै सफल हुन्थे भने नेपालको हालत अहिलेको अवस्थामा रहन सम्भव नै छैन । भ्रमण यस अर्थमा मात्र सफल हुने गरेको छ की यात्रामा गएकाहरु सकुशल फर्केका छन् बाटैमा कसैले सास फेर्न भुलेको छैन । जिउदै फर्कनु पनि एक हिसाबले भ्रमण सफल भएकै मान्नु पर्छ ।

केही समय अघि मलाई नेपालका नेताहरु बिदेश भ्रमण जान्छन् ठुला ठुला देशका नेता, प्रधानमन्त्रि मन्त्रिहरुलाई भेट्छन् । के कुरा गर्छन होला भन्ने जिज्ञासा लाथ्यो । मैले केही राजदुतका लेख, संस्मरण, अन्तर्वार्ता हेरे पढे सुने । हाम्रा नेताहरुले त आफ्ना छोरा छोरीलाई निःशुल्क छात्रबृतिमा पढाई दिनु पर्यो भनेर भन्ने रहेछन् । सरकारका उच्च अधिकारीहरु पनि रंगिन पानी पिउने काममा बढि ध्यान दिने रहेछन् । यस्तो कल्पना पनि नगरेको कुरा थाहा पाउँदा साह्रै ग्लानी महसुस भएको थियो । तर आजकल सामान्य लाग्न थालेको छ । अहिलेसम्म हामीले ठूला भनेका नेता र उच्च क्षमतावान भनेका कर्मचारीको हैसियत त्यही भएर नै हामीले यो हालतको देश भोग्नु परेको हो ।

बिदेशमा रहेका कुटनितिक नियोग पनि मुलुकका ठूला नेता, मन्त्रि वा प्रधानमन्त्रीको सवारी चलाउन पाउँदा आफ्नो कार्यकाल सफल भएको मान्दा रहेछन् । यसरी भ्रमणमा आउने सरकारका प्रतिनिधिलाई खुशी पार्न सके त्यसको लाभ पनि पाईने हुँदो हो सायद । त्यसैले मुलुकको हित भन्दा पनि भ्रमणमा आउने मानिस के गर्दा खुशी हुन्छ भनेर मरमग्दुर प्रयास गरिने रहेछ । जसले गर्दा प्रशस्त सम्भावना बोकेका बिषय ओझेल पर्ने रहेछन् ।

हालै युएईको भ्रमण सकेर नेपाल फर्किएका प्रधानमन्त्री पुष्पकमल दाहालले पनि युएई भ्रमण असाध्यै ऐतिहासिक र सफल भएको बताए । युएईका लागि नेपाली कार्यबाहक राजदुत नेत्र बहादुर टण्डनले पनि सफल भएको बताए । त्यसको परिणाम हेर्न बाँकी नै छ । तर प्रधानमन्त्रीको भ्रमणपछि मेरा मनमा उब्जिएका प्रश्न र बिचारहरु यहाँ छलफलका लागि अगाडी सारिएको छ ।

पुष्पकमल दाहाल र दुबईका शेख तथा युएईका उपराष्ट्रपति मोहम्मद बिन रशिद अल मोक्तुम बीचको भेटका बिषयमा प्रकाश दाहालले फेसबुकका पोष्ट गरेको स्टाटस हेरेपछि मैले तालिवानहरुले अफगानस्थानका पहाडमा बनेका ठुला ठुला बुद्धका मुर्तिहरु तोडेका दृष्यहरु फेरी एक पटक सम्झे । लुम्बिनीमा अरबी तथा मुस्लिमहरुको भ्रमण कति औचित्यपुर्ण होला । लुम्बिनीले मुस्लिम समुदायलाई कसरी आकर्षित गर्ला भनेर सोचि रहे । नेपालको पर्यटकीय सम्भावना प्रचुर छ तर विश्वका अलग अलग भूभागका नागरिकलाई अलग अलग आकर्षण प्रस्तुत गर्न सकिएन भने त्यो काम लाग्दैन । चिन लगायत बौद्ध धर्म मान्ने मुलकलाई लुम्बिनी, भारत लगायत हिन्दु धर्म मान्ने नागरिक भएका देशमा पशुपतिनाथको प्रचार गर्नु सान्दर्भिक हो । तर अरबी देशमा बुद्धको जन्मभुमि हाम्रोमा छ भनेर घुम्न आउन भन्नु कति सुहाउने कुरा होला ?

नेपालमा प्रकृतिले दिएको सर्बोच्च शिखर सगरमाथा छ । विश्वको अग्लो मानव निर्मित भवन तपाईहरुसंग छ । अब हामी मिलेर केही गर्नुपर्छ भन्ने प्रस्ताव पनि दाहालले राखेको भन्ने कुरा त्यो स्टाटसबाट बुझ्न सकिन्छ ।  गर्ने त गर्ने तर के गर्ने ? बरु तिमिहरुले बिश्वको अग्लो भवन त बनायौ अब बिश्वको अग्लो स्थानमा तिम्रा बाउका नाममा एउटा मस्जिद बनाऔं भन्न सकेको भए कस्तो हुन्थ्यो होला । विश्वको अग्लो स्थानमा मस्जिद बनाउन सके मक्का मदिना पछिको अर्को आस्थाको धरोहर नेपालमा निर्माण हुन सक्छ । त्यहाँ अरबीहरुलाई आकर्षित गर्न नसकेपनि विश्वको सर्वाधिक मुस्लिम समुदायको बसोबास रहेको भारत, पाकिस्तान र बंगलादेशबाट ठूलो संख्यामा मुस्लिम पर्यटक भित्रियाउन सकिन्छ । उनीहरुको आतिथ्यका लागि नेपालमा रहेका अल्पसंख्यक मुस्लिम समुदायका युवाले राम्रो रोजगारी पाउन सक्थे । मस्जिद मात्र जाँदैन त्यहाँ बाटो पनि पुग्छ, विमानस्थल पनि बन्न सक्छ । हामीले धर्मनिरपेक्षका भाषण त गर्यौ तर क्रिष्चीयन र मुस्लिम धर्मावलम्बीहरुलाई आकर्षित गर्ने कार्यक्रम कहिले पनि ध्यान दिएनौ ।

नेपाललाई अझै पनि धेरै मुलुकमा हिन्दु राष्ट्रकै रुपमा चिनिन्छ । थोरैले बुद्धको जन्मभूमि भनेर पनि चिन्छन् । नेपालमा पनि मुसलमानहरुको बस्ती छ, मस्जिदहरु छन् । नेपालमा मुस्लिमहरुलाई पनि उच्च सम्मान छ भनेर प्रचार भएको पाईदैन । त्यसैले नेपालमा मुस्लिम पर्यटकको संख्या अनुपातगत रुपमा बढ्न सकेको छैन ।

म दुई बर्ष दुबई बस्दा बीस भन्दा बढिले सोधी सके तेरो देशमा मुस्लिम छन् भनेर । मलाई भन्न मन लाग्छ मेरो देशमा बिश्वको सबै भन्दा अग्लो स्थानमा रहेको मस्जिद पनि छ भनेर । त्यसैले युएई, कतार, साउदी लगायतका मुलुकमा नेपाली प्रतिनिधि भ्रमणमा जाँदा, उनीहरु नेपाल भ्रमणमा आउँदा फेरी पनि पशुपति र लुम्बिीको कुरा नगरौ ।

श्राद्धको बाहुन जस्तै किन बनाईन्छ ?

प्रधानमन्त्रिको भ्रमण चार दिने भने पनि पहिलो दिन साँझ पख आउने र जाने दिन बिहानै जाने भएकाले युएईमा दुई दिन मात्र पुर्ण रुपमा रहने कार्यक्रम थियो । युएई आएको दोस्रो दिन खाली भएपनि तेस्रो दिन जुन कार्यक्रमको लागि आएको हो त्यही कार्यक्रमका लागि समय दिनु पर्ने थियो । दोस्रो दिन बिहान नेपाली दुतावासले दुतावासकै सभाकक्षमा प्रधानमन्त्रीसंग परिचयात्मक कार्यक्रम गर्यो । कतिपयले त्यही मौकामा आफ्ना गुनासो पनि राखे । दिउँसो नेपाली बिजनेश काउन्सिल र साँझपख जनप्रगतिशिल मञ्चले पनि अलग अलग कार्यक्रम गरे । कार्यक्रमपछि आएका समाचार, फेसबुकमा लेखिएका पोष्ट, तथा फोटो भिडियोमा हेर्दा यि तीनवटै कार्यक्रममा सहभागि हुनेहरु झण्डै एउटै अनुहार थिए ।  यि तीनवटै कार्यक्रममा उठेका कुरा उस्तै उस्तै देखिए । आखिर तीनवटै कार्यक्रममा उनै मानिस उस्तै कुरा हुने भए किन अलग अलग कार्यक्रम गरेर दौडाई रहन परेको होला ? मैलै बुझ्न सकिन । प्रधानमन्त्रि पनि कति सस्तो जता जता दुई चार जना थुप्रिए कुम उचाल्दै भाषण गरि हाल्ने ।

प्रधानमन्त्री सिक्न चाहन्छन् 

प्रधानमन्त्रीले छोटो समयमा युएईले गरेको प्रगतिबाट केही सिक्न चाहेको बताए । तर  जम्मा भएका सबैले समस्या मात्र सुनाए । धेरैको चासो तर प्रधानमन्त्रीको छेउ तिर उभिएर फोटो खिचाउनेमा मात्र देखियो ।

आरटिएमा काम गर्नेहरुले त्यसको गठन, विकास, योगदान र जनसहभागिताबारे बताउन सकेको भए । पुर्वपश्चिम रेल, फराकिला सडक, अवरोध बिनाको यातायात सुविधा निर्माण गर्नुपर्छ भन्दा प्रधानमन्त्रिले अर्को पटक पैसा कहाँबाट ल्याउने भन्दैन थिए होला ।

हामीले समस्याको उठान गर्न त सिक्यौ यसको समाधान कसरी गर्ने भन्ने तर्फ कमैमात्र ध्यान दियौ । हरेक समस्याको समाधान प्रधानमन्त्रीबाटै मात्र हुन सक्छ भन्ने भावना पालेर बस्यौ । सुन तस्किरी, हुण्डि, भिजिट भिषामा मान्छे ल्याएर अलपत्र पार्नेलाई दुतावास आफैले पनि कारवाहीको प्रकृया अगाडी बढाउन सक्छ तर हामीले प्रधानमन्त्रीलाईनै सुनाउनु पर्यो ।

फोटो हंगामा 

यसपाली प्रधानमन्त्रीको युएई भ्रमणको चर्चाको बिषय उनको भिडियोबाट लिईएको एउटा तस्बिर भयो । केही बद्मासहरुले प्रधानमन्त्रीको फोटो भाईरल बनाएर साटो फेर्न कोशिस गरे । हुनत यस अघि माओबादीका कार्यकर्ताले अन्यपार्टिका नेता मन्त्रिहरुको फोटो बिगारेर फेसबुकमा जथाभावी लेखेकै कारण विरोधीहरु यो हर्कतका लागि प्रेरित भएको कुरा कसैबाट पनि छिपेको छैन । उही बहानामा बिरोधी बिचार राख्नेहरुलाई दुःख दिने नियतले उनीहरुको नाम समेत जोडेर समाचार प्रकाशित गरि  धमिलो पानीमा माछा मार्ने प्रयास पनि देखियो । तर यहाँ कार्यरत स्थानीय राजनितिक दलको सुझवुझले त्यो घट्ना अलि मथ्थर देखिएको छ । आशा गरौं आगामी दिनमा युएईमा यस्तो घट्ना नदोहोरियोस ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: