हुण्डी गर्ने खोज्दै दुतावास

 

युएई, माघ १०- 

हुण्डी वा अन्य गैरकानुनी तवरले पैसा पठाउनेहरुको बारेमा जानकारी भएमा युएई सरकारलाई जानकारी गराउन अबुधाबी स्थित नेपाली दुताबासले आग्रह गरेको छ । स्थानिय गल्फ न्युजमा गैर कानुनी तरिकाले पैसा पठाउने २५ वटा पसललाई युएई सरकारले कारबाही गरेको समाचार छापिए पश्चात दुताबासले सामाजिक संजाल मार्फत उक्त जानकारी गराएको हो । 

दुबईमा ब्यापार गरी बस्ने बाङ्लादेशी नागरिकले सस्तो दरमा दुबईमा बसेर  स्वीकृति नलिई उक्त कार्य गरेकोले कारबाही गरिएको समाचारमा जनाईएको छ । गत २० जनवरीको दिन दुताबासले हुण्डी बिरुद्द युएईको रसअल खैमहमा एक कार्यक्रमको आयोजना गरी सबैलाई कानुनी तवरले मात्र पैसा नेपाल पठाउन अनुरोध गरेको थियो । उक्त कार्यक्रममा द्धितिय सचिव बिष्णु अधिकारीले हुण्डी दण्डनीय कार्य भएको बताएकी थिईन । अबैध तरिकाले आर्जन गरेको कालो धनलाई सेतो बनाउने कार्यमा हुण्डीबाट पठाएको रकम प्रयोग हुनाले सबैले सचेत हुन उनले आग्रह गरेकी थिईन । अधिकारीले एक कार्यपत्र प्रस्तुत गर्दै हुण्डी कार्य रोक्नको लागि हुण्डी कारोबारीलाई कारबाही गर्नु पर्ने र अनधिक्रित ब्यापार तथा सुन आयातलाई रोक्नु पर्ने बताएकी थिईन । 

स्थानिय गल्फ न्युजमा उक्त समाचार प्रकाशित भए पश्चात नेपाली दुताबासले उक्त समाचारलाई आफ्नो फेसबूक पेजमा शेयर गर्दै हुण्डी प्रयोग गर्नेहरुको बारेमा जानकारी भए ६००५४५५५५ मा फोन गरेर युएई सरकारलाई सुचना दिन सबैलाई आह्बान गरेको छ । धेरै नेपालीहरु उक्त कार्यमा खुलेआम रुपमा संलग्न देखिएकाले कसैले उजुरी गरेमा उनीहरुलाई कारबाही हुनेसक्ने सम्भावना रहेको जानकारहरु बताउँछन ।

युएईका लागि सिन्चुरी बैंकका प्रमुख नबिन पौडेलका अनुसार ३५ देखि ४० प्रतिशत पैसासम्म हुण्डी मार्फत हुनेगरेको अनुमान छ । विश्व बैंकको तथ्यांक अनुसार २०१५ मा नेपालको कुल ग्राहस्थ उत्पादनको ३१.८ प्रतिशत रेमिटेन्सले ओगटेको छ ।

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/VPutHQbjqLU” frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: