मोरङ्ग सुनसरी सेवा समाज कतारको अध्यक्षमा योगेन्द्र वहादुर कार्की

दिलिप पराजुली, दोहा-

मोरङ्ग सुनसरी सेवा समाज कतारको अध्यक्षमा योगेन्द्र वहादुर कार्की निर्विरोध निर्वाचित भएका छन् । कतारको दोहामा सम्पन्न संस्थाको वाह्रौ साधारण सभाले सुनसरीका योगेन्द्र वहादुर कार्कीलाई अध्यक्षमा निर्वाचित गरेको हो । कार्की यस अघिको कार्यसमितिमा उपाध्यक्ष थिए । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा क्रमश चिरञ्जिवी तिम्सीना, तेज कटुवाल, सचिव दिलिप पराजुली, सहसचिव क्रमश लिला प्रसाद घिमिरे, भरत श्रेष्ठ, कोषाध्यक्ष भीम वहादुर विक, सहकोषाध्यक्ष क्रमशः परशुराम वास्तोला र गोपाल कटुवाल रहेका छन् । 

यसैगरि कार्यसमिति सदस्यहरुमा रमेश निरौला, समिन वराल, मंगलसिंह तामाङ्ग, अमृत चौधरी, गोविन्द कटुवाल, सिताराम कटुवाल, राजनारायण चौधरी, भोला वस्नेत, संजिव आचार्य, मुस्ताक मंसुरी, वलभद्र अधिकारी र सुवास चौधरी रहेका छन् । 

सन् २००१ मा स्थापना भएर निरन्तर सामाजिक कार्य गरिरहेको मोरंग सुनसरी सेवा समाज कतारले संस्थाका अध्यक्ष टिएन वरालको अध्यक्षता १२ औं साधारण सभा तथा वृहत वनभोज कार्यक्रमको आयोजना गरेको थियो । सो कार्यक्रममा गैरआवासिय नेपाली संघका मध्यपुर्व क्षेत्रिय उपसंयोजक उमेश अधिकारी प्रमुख अतिथि रहेका थिए भने गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्यव परिषद सदस्य बिनोद प्रसाद भट्टराई, आरके शर्मा, एनसिसि कतारका अध्यक्ष विनेश तामाङ्ग, संस्थाका पुर्ब अध्यक्षहरु, सल्लाहकारहरु, मानार्थ सदस्यहरु तथा दोहामा रहेका सामाजिक, वैचारिक र पेशागत सस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 

कार्यक्रममा मन्तव्य राख्ने क्रममा विशेष अतिथि कमलमणि गुरागाँईले मोरङ्गसुनसरी सेवासमाजमा विविधता भित्र एकता रहेको र यो संस्थाले सभ्य र समृद्द समाज स्थापना गर्न लिएको उद्देश्य सोहि भावनाले परिपुर्ति गर्न सक्ने वताएका थिए । आफुपनि यहि संस्थाको उत्पादन भएको र यस संस्थाले प्रवासको नेपाली समाजमा निकै प्रभावशाली सामाजिक अभियन्ताहरु जन्माएको समेत धारणा व्यक्त गरे । 

त्यसै गरि प्रमुख अतिथि अधिकारीले मोसुले कतारको नेपाली समाजमा सामाजिक कार्य मात्र गरेको छैन यसले अन्य संस्थाको पथ प्रदर्शकको भुमिका समेत खेलेको धारणा राखेका थिए । कार्यक्रमका अन्य अतिथिहरुले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए । 

सो कार्यक्रममा मोसु कतारको स्थापना देखि विभिन्न गतिविधिहरुमा प्रत्यक्ष सहयोग गरिरहेका तथा सन २००४ मा कार्यवाहक अध्यक्षको भुमिका निर्वाह गरेका कमलमणि गुरागाईलाई दोसल्ला ओढाएर सम्मान गरेको थियो । त्यसका साथै मोसु कतारलाई प्रत्यक्ष र परोक्ष रुपमा सहयोग गर्ने व्यक्तिहरुलाई कदरपत्र तथा सम्मान पत्रले सम्मान गरेको थियो । 

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/NeECQeRWoys” frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: